दीक्षण समाचार
चरिकोट, साउन २८
दोलखाको बिगु गाउँपालिका लामाबगर स्थित माथिल्लो तामाकोसी हाइड्रोपावरको ड्यामसाइडमा बेपत्ता भएका युवकलाई अझै फेला पार्न सकिएको छैन । लामाबगरमै निर्माणाधीन नासा हाइड्रोपावरमा सवारी चालकको रुपमा कार्यरत रमेश बस्नेत माथिल्लो तामाकोसी हाइड्रोपावरको ड्यामसाइडमा आफू कार्यरत हाइड्रोमा जानको लागि बोटिङ गर्ने क्रममा २३ गते साँझ बेपत्ता हुनुभएको थियो । बेपत्ता बस्नेतको काठमाडौँबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले दुई दिनसम्म ड्यामसाइडमा निरन्तर खोजी कार्य जारी राखेको थियो । तर उक्त टोलीले पनि बेपत्ता बस्नेतलाई फेला पार्न असफल भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । ड्यामसाइड ठूलो क्षमताको भएकोले बेपत्ता बस्नेतलाई फेला पार्न नसकेपछि उक्त टोली फर्किएको र बेपत्ता रमेशको खोजी कार्य रोकिएको छ ।
Be the first to comment on "ड्यामसाइडमा बेपत्ता व्यक्तिको खोजी कार्य रोकियो"