डा.गोविन्द के.सी.प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट प्रस्तावित अस्पताल चरिकोटमा

जानुका न्यौपाने २८ आश्विन २०७६
त्रिभुवन शिक्षण अस्पतालका बरिष्ठ डा.गोविन्द के.सी. प्राथमिक स्वास्थ्य केन्द्र ( प्रस्तावित चरिकोट अस्पताल)दोलखामा आउनु भएको छ । उहाँ आफ्नै निजी भ्रमणको शिलशीलामा चरिकोट आइपुग्नु भएको बताउनु भएको छ । तर, यहाँ आएको अवसरमा अनौपचारिक रुपमा नै प्रस्तावित चरिकोट अस्पतालको भ्रमण गर्नु भएको हो । उक्त अवसरमा प्रस्तावित चरिकोट अस्पतालमा उपलब्ध सेवा, जनशक्ति र यहाँका नागरिकलाई के कस्तो सेवा प्रदान गरिएको छ ? भन्ने बारेमा उहाँले भेटघाटको क्रममा जिज्ञाशा राख्नु भएको थियो ।
डा.के.सी.ले अस्पतालका सम्पूर्ण भौत्तिक संरचना, प्राविधिक सामाग्री, औषधी लगायतका विषयमा जिज्ञााशा राख्नु भएको थियो । डा.के.सी.को जिज्ञाशालाई प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा. रीना लामिछाने र न्याय हेल्थ नेपालका मेडिकल डाइरेक्टर डा.विनोद दंगाल, डा.तुलाकृष्ण गुप्ता लगायत सम्पूर्ण टिमले आ–आफ्नो फाँटको जानकारी गराउनु भएको थियो । वर्तमान अवस्थामा यहाँबाट दिइएको स्वास्थ्य सेवाको बारेमा राम्रोसँग अवलोकन गरी निःशुल्क रुपमा न्याय हेल्थ नेपाल र नेपाल सरकारको संयुक्त पहलमा जिल्लास्तरमा दिइएको यो सेवा अत्यन्तै सरहानीय, प्रशंसनीय रहेको भन्दै खुशी व्यक्त गर्नु भयो । साथै यहाँ काम गरिरहनु भएका सम्पूर्ण टिमलाई निरन्तर अझ प्रभावकारी रुपमा सेवालाई अगाडि बढाउन सबैलाई शुभकामना दिंनु भयो ।

Shares

Be the first to comment on "डा.गोविन्द के.सी.प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट प्रस्तावित अस्पताल चरिकोटमा"

Leave a comment

Your email address will not be published.


*