दीक्षण समाचार ÷चरिकोट, – दोलखाको मेलुङ गाउँपालिका वडा नं. ५ डाँडाखर्कमा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशुपन्छीमा रोगको रोकथामसँगै न्यूनीकरणका लागि उपचार परामर्श उपलब्ध गराउने र कृषकका समस्यालाई पहिचान तथा समाधान गर्ने उद्धेश्य अनुरुप नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) ले शिविर आयोजना गरेको हो । शिविरमा प्राविधिक सहयोग पालिकाले गरेको थियो । पालिकाका पशु सेवा प्राविधिक राष्ट्र कुमार श्रेष्ठका अनुसार शिविरमा एक सय ५५ जना कृषक लाभान्वित भएका छन् । दुई हजार ४ सय ४३ पशुपन्छीको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा पशुपन्छी बन्ध्याकरण, गोबर परीक्षण, आन्तरिक तथा बाह्य परजीवि विरुद्ध औषधी वितरण, कुकुरमा लाग्ने रेबिज रोग विरुद्धको खोप लगायत पशुपालन सम्बन्धि आवश्यक परामर्श सेवा उपलब्ध गराइएको थियो । उक्त सेवाबाट पशुपन्छीको रोग निवारण भई पशुपालनमा किसानको आकर्षण बढ्ने बताइएको छ ।
डाडाँखर्कमा पशु स्वास्थ्य शिविर सम्पन्न
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक २८ असार २०७९, मंगलवार १९:२०
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "डाडाँखर्कमा पशु स्वास्थ्य शिविर सम्पन्न"