डाक्टर विनोद दंगाल पुन आएसँगै पशुपति चौलागाँईं स्मृति प्रादेशिक अस्पतालमा शल्यक्रिया सेवा सूचारु

चरिकोट (दीस) – केही दिन रोकिएको दोलखाको सरदमुकाम चरिकोट स्थित पशुपति चौलागाँईं स्मृति प्रादेशिक अस्पतालमा विशेषज्ञ तथा शल्यक्रिया सेवा सूचारु भएको छ । अमेरीकी संस्था “निक साइमन” नामक संस्थाले डाक्टर विनोद दंगाल सहितको पाँँच जना स्वास्थ्यकर्मीलाई आर्थिक सहयोग गरेसँगै अस्पतालमा शल्यक्रिया सेवा सूचारु भएको हो । डा . दंगालका अनुसार प्रदेश सरकारले अस्पतालको स्तरउनोती गर्ने बेला सम्म यो संस्थाले सहयोग गर्ने सम्झौता भएको छ । डाक्टर दंगालको नेतृत्वकाे टोलीले केही बर्ष देखी याे अस्पतालमा सेवा प्रदान गर्दै आएको छ । उहाँकाे नेतृत्वमा दोलखामा विभिन्न जटिल प्रकृतिको शल्यक्रिया हुँदै अाएकाे छ । दोलखामा कोभिड माहमारीको वेला अस्पतालको डाक्टर दंगालले नेतृत्व गर्नु भएको थियो । उहाँको नेतृत्वमा यो अस्पतालमा न्याय हेल्थ नामक संस्थाको सहयोगमा गुणस्तरीय स्वास्थ्य सेवा निशुल्क प्रदान हुँदै आएको थियो । न्याय हेल्थ नामक संस्थाको १० बर्षे सम्झौता भए पनि वीचमा नै सम्झौता तोडेको थियो। त्यसपछि भीमेश्वर नगरपालिकाले आफ्नो मातहतमा राख्दै डाक्टर विनोद दंगालको नै नेतृत्वमा निःशुल्क सेवा दिइरहेको थियो । मातृशिशु कार्यक्रम अन्तर्गत अप्रेसनमार्फत गरिने प्रसूति सेवा, हर्निया, एपेन्डिकसाइड लगायतका शल्यक्रिया गर्दै आएको थियो । अस्पतालको नेतृत्व गर्दै आउनु भएका डाक्टर विनोद दंगालकाे म्याद सकिनु तथा प्रदेश सरकारको मातहतमा रहेका कर्मचारीकाे म्याद सकिएसँगै अस्पतालमा केही दिन देखी विशेषज्ञ सेवा बन्द भएको थियो ।

Shares

Be the first to comment on "डाक्टर विनोद दंगाल पुन आएसँगै पशुपति चौलागाँईं स्मृति प्रादेशिक अस्पतालमा शल्यक्रिया सेवा सूचारु"

Leave a comment

Your email address will not be published.


*