चरिकोट –अरनिको राजर्माग अन्र्तगत चरिकोट देखी मुडेसम्म सडकको अलपत्र पारेको भन्दै दोलखाको सदरमुकाम चरिकोटका स्थानीयले आज सिठ्ठी बजाएर विरोध गरेका छन । निर्माणधिन कम्पनीले सडक अलपत्र पारेपछि निर्माण गर्न कम्पनीलाई दवाव स्वरुप उनीहरुले प्रत्येक हप्ता फरक फरक तरिकाले आन्दोलन गर्दै आएका छन । यसअघि उनीहरुले हाते साङलो बनाएर विरोध गरेका थिए ।
यस अघि निर्माण व्यवसायीलाई कालोपत्रे गर्न माग गर्दै चरिकोटमा निर्माण व्यवसायी दिपक सापकोटाको फोटो व्यानर बनाएर टाँसेका थिए । उनीहरुले बनाएको व्यानरमा निर्माण व्यबसायीको नाम लेख्दै “तपाई मलाई चिन्नुहुन्छ , काम नगर्ने ठेक्दार मै हुँ , कालापत्रे कहिले हुन्छ ? चार वर्ष सम्म किन बाटो नबनेको हो ”भनेर प्रश्न गरेको व्यानर बनाएर बसमा तथा चरिकोट चोकमा निर्माण व्यवसायी सापकोटाको फोटो सहित दवाव अभियान सुरु गरेका थिए । “हामीले पटक पटक फरक तरिकाले काम सुरु गर्न हामीले दबाव दिदै आएका छौ ,निर्माण कम्पनीलाई हाम्रो मागलाई पुरा गर्न जोडदार माग गर्दछौ” चरिकोटका पत्रकार एबंम नागरिक अगुवा चिरन्जीवी मास्केले भने । निर्माण कम्पनीले काम सुरु नगरेसम्म आन्दोलन जारी अवको आन्दोलन निर्माण कम्पनीलाई सामुहिक मुद्धा दायर गर्ने नागरिक अगुवा रमेश खतिवडाले बताए । नेपाल पत्रकार मंहासंघ दोलखाका अध्यक्ष जीवन लामाले सडक समयमा नै निर्माण नहँुदा दोलखाको पर्यटन व्यवसायमा नकारात्मक असर परेको बताए ।
२ प्याकेजमा सडक विस्तार भइरहेको यस सडक निर्माण पहिलो प्याकेजको सिमाञ्चल–गौरीपार्वती–सुनौला खिम्ती जेभीले काम गर्दै आएको छ । पहिलो प्याकेज खाडीचौरदेखि मुडेसम्म २५ किलोमिटर र दोस्रो प्याकेज मुडेदेखि चरिकोटसम्म ३० किलोमिटर रहेको छ । पहिलो प्याकेजको काम ३९ करोड २६ लाख ५२ हजारमा सम्झौता भएको छ ।पहिलो प्याकेज अन्तर्गगत पहिलो प्याकेज खाडीचौरदेखि मुडेसम्म २५ किलोमिटर सडक मध्ये १२ किलोमिटर सडक कालो पत्रे भइसकेको लामोसाँघु जिरी सडक विस्तार आयोजनाका प्रमुख दिप बराहीले जानकारी दिए । दोस्रो प्याकेजको मुडेदेखि चरिकोटसम्मको ३० किलोमिटरको लागि भारतिय कम्पनी सकिल हैदरसंगको साझेदारीमा शंकरमाली, सुनौला खिम्ती नेपाली कम्पनीले ठेक्का जिम्मा पाएका हुन् । ७० करोड ७० लाख ३४ हजारमा ठेक्का सम्झौता गरेको छ । यो कम्पनीले म्याद सकिएको २ वर्ष वित्दा समेत कालोपत्रे सुरु गर्न सकेको छैन । दोस्रो प्यकेजको सडक विस्तारमा निर्माण कम्पनीले ढिलाइ गरेको भन्दै आयोजनाले गत असार देखी कम्पनीलाई ७ करोड हर्जना लगाएको छ । “पटक पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले काम गर्ने प्रतिबद्धता जनाएको प्रमुख बाराहीले बताए । स्वीस सरकारको सहयोगमा २०४३ सालमा खाडीचौरदेखि जिरीसम्मको ११० किलोमिटर सडक बनेको हो । एक लेनको सडक अहिले सवारीको चापसँगै साँघुरो भएपछि भारतीय एक्जिम बैंकको ऋण सहयोगमा विस्तार भइरहेको छ ।
Be the first to comment on "सडक बनाउन दवावःचरिकोटमा ; सिठ्ठी जुलुस"