बाबुराम शर्मा ÷चरिकोट – दोलखाको भीमेश्वर नगरपालिका–७ र शैलुङ गाउँपालिका–४ मागापौवालाई जोड्न चर्नावती खोलामा ३२ मिटर लामो निर्माण सम्पन्न ट्रस पुलको शुक्रबार उद्घाटन गरिएको छ । शैलुङ गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रेष्ठ र उपाध्यक्ष पार्वती कार्कीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो ।शैलुङ गाउँपालिकाले चर्नावती खोलखामा करिब ३८ लाख रुपियाँको लगानीमा ट्रस पुल निर्माण सम्पन्न गरेको छ ।
संंघीय सरकारको ३२ लाख ११हजार, गाउँपालिकाको चार लाख ९१ हजार र उपभोक्ता समितिको ५५ हजार लगानीमा यो पुल निर्माण सम्पन्न भएको पालिकाका असिस्टेन्ट सबईन्जिनियर रामाकाजी कार्कीले जानकारी दिनु भयो ।
उहाँका अनुसार यो पुल निर्माण भएपछि सदरमुकाम चरीकोट स्थितको भीमेश्वर नगरपालिका–७ र शैलुङ गाउँपालिका–४ मागापौवा मुलाबारीका १९५ घरधुरी लाभान्वित भएका छन् । यो पुल नबन्दा आवतजावत गर्न निकै अप्ठ्यारो थियो । चर्नावती खोलाको तल्लो भागको पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ । करिब दुई घण्टाको बाटो छोटिँदा समय बचत पनि भएको छ । काममा छिटोछरितो पनि भएको छ ।
सदरमुकाम चरीकोट र शैलुङ गाउँपालिका जोडने यो पुल लम्बाइ ३२ मिटर रहेको पालिकाका असिस्टेन्ट सबईन्जिनियर कार्कीले जानकारी दिनु भयो
Be the first to comment on "ट्रस पुलको उद्घाटन"