ट्रम्प भन्छन्– उत्तर कोरियाविरुद्ध क्रुर शब्द प्रयोग गरेकामा मूर्खजस्तो महसुस भयो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियामाथि क्रुर शब्द प्रयोग गरिरहँदा धेरैपटक आफू मूर्ख जस्तो महसुस भएको बताएका छन् । तर आफूले कोरियाली शासक किमविरुद्ध प्रयोग गरेका तिनै कडा वचनले नै आज दुई देशलाई एकसाथ ल्याएको उनको भनाइ छ ।

ऐतिहासिक बैठकपछि मंगलबार पहिलोपटक फक्स न्युजसँग दिएको अन्तर्वार्तामा उनले भने, ‘मलाई पनि उनीहरुविरुद्ध त्यस्तो क्रुर व्यवहार गर्न मन थिएन । मलाई आफूले त्यसो गर्दैगर्दा कतिपटक मूर्खसरह अनुभव भएको थियो तर त्यतिबेला हामीसँग कुनै विकल्प थिएन ।’
उनका अनुसार यसअघि उत्तर कोरियाले जतिसुकै नराम्रो काम गरेपनि विश्वले चासो दिने गरेको थिएन र सबै प्रमुखहरुले उनीहरुका गतिविधि र कठोर नीतिलाई बेवास्ता गर्दै आएका थिए । उनले भने, ‘त्यो सही तरिका होइन । हामीले हेरक अनुचित विषयबारे प्रतिक्रिया दिनैपर्छ ।’

कुनैबेला ट्रम्पले नै किमलाई ‘लिटल रकेट म्यान’ को अभिव्यक्ति दिँदै उनको अपमान गरेका थिए र अमेरिकालाई धम्की दिने क्रम जारी राखे सैन्य कारबाही अघि बढाउने समेत चेतावनी दिएका थिए । ट्रम्प प्रशासनले यसअघि पनि धेरैपटक कुनै पूर्वप्रशासनले यस मुद्दामा आवाज नउठाएको आरोप लगाइसकेको छ ।

त्यसैगरी मंगलबारको पत्रकार सम्मेलनमा संचारकर्मीको प्रश्नमा भने ट्रम्पले उत्तर कोरियामाथि विश्वास गर्नु गलत साबित भएपनि आफ्नो गलती सहजै स्वीकार नगर्ने र केही बाहाना बनाइदिने भनि हाँस्दै जवाफ दिएका हुन् ।

पछिल्लो बयानमा ट्रम्पले सो राष्ट्रको मानवअधिकार दुरुपयोग बारे कडा आलोचना गरेपनि अहिले भने उनले किमलाई धेरै मानिसले मन पराउने भन्दै उनको खुलेर प्रशंसा गरेका हुन् ।

मंगलबारको अन्तर्वार्तामा पनि ट्रम्पले आफूले किमलाई यस शिखर सम्मेलनका आधारमा मात्र चित्रण गर्न सक्ने बताए । उनले भनेका छन्, ‘हामीबीचको अन्तरक्रिया यति नै हो र सबैकुरा यहि सम्मेलनपछि मात्र थाहा भएको हो । त्यसकारण मैले उनीसँग बोलेको र भेटेको अनुभवबाट मात्र उनी बारे अहिले भन्न सक्छु । र यसपटक मैले वास्तवमै उनलाई धेरै नजिकबाट भेटेको र देखेको छु ।’

Shares

Be the first to comment on "ट्रम्प भन्छन्– उत्तर कोरियाविरुद्ध क्रुर शब्द प्रयोग गरेकामा मूर्खजस्तो महसुस भयो"

Leave a comment

Your email address will not be published.


*