राजकुमार भुजेल÷हिरा लाल बराल ÷चरिकोट, – कोरोना संक्रमणबाट बच्ने एक महत्वपूर्ण र प्रभावकारी अस्त्र बनेको छ, हातको स्वच्छता । त्यसैले हातको स्वच्छतामा सहजताको लागि दोलखामा सार्वजनिक स्थल स्वास्थ्य चौकी, सरकारी कार्यालयमा दर्जनौं बढी संघसंस्थाले ‘साबुन पानीले हात धोऔँ, कोरोनाबाट बचौँ’, लेखिएको सन्देशसहितको ट्यांकीको व्यवस्था गरिदिएका थिए । तर अहिले ति ट्यांकीहरु पानी विहीन छन्, कतै पानी राखिएको भएता पनि साबुन राख्न छाडिएको छ । जसले गर्दा कोरोना रोकथाममा सघाउ पुग्ने भनी जडान गरिएका ट्यांकी प्रायः प्रयोगविहीन भएका छन् । कोरोना कहर उच्च देखिएको बेला सबैमा विकास भएको हात धुने बानी कोरोना संक्रमित संख्या कम भएको बेला हट्न थालेको पाइएको थियो । तर अहिले नयाँ ’भेरियन्ट’ देखिन थालेपनि हातको स्वच्छता लगायत स्वास्थ्य मापदण्ड पालना गर्नमा मानिसहरू अटेर गरिरहेका छन् । स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र हात धुन सहजता लागि सार्वजनिक स्थल तथा कार्यालय परिसरका ट्यांकी ÷धारामा साबुनपानीको व्यवस्था गरिनुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । हुराडेक नेपाल दोलखाले विभिन्न संघसंस्थाहरुको साझेदारीमा चरिकोट सातदोबाटोमा १ वटा, बीच बजारमा १ वटा र स्वास्थ्य कार्यालयमा परिसरमा १ वटा, नगरपालिकाको कार्यालयको परिसरमा १ वटा र भीमेश्वर नगरपालिकाको निर्माणाधिन कवर्ड हल छेउमा १ वटा कन्ट्याक लेस ह्यान्ड वास स्टेशनको व्यवस्था गरिदिएको छ। यत्ता जिल्लाको जिरी नगरपालिकाको कार्यालय परिसरमा ’गोर्खा हेल्थफेयर’ संस्थाले ह्याण्ड स्टेशनको व्यवस्था गरिदिएको छ । त्यस्तै जिरी अस्पतालमा पनि व्यवस्थापन गरिएको छ । बैतेश्वर गाउँपालिकाको ८ वटा वडा कार्यालय परिसरमा हात धुन कन्ट्याक लेस ह्यान्ड वास स्टेशनको व्यवस्थापन गाउँपालिकाले गरेको छ । ४ वटा सहकारी संस्था कार्यालय, ४ वटा विद्यालयमा ट्यांकीको व्यस्थापन गरिएको गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए । सिडिएफ नामक संस्थाले शैलुङ गाउँपालिकाका १२ वटा स्वास्थ्य चौकी, ८ वटा कार्यालयमा १–१ वटा कन्ट्याक्ट लेस धाराको लागि ट्यांकीको व्यवस्थापन गरेको छ । सोही संस्थाले कालिन्चोक गाउँपालिकामा २३ वटा ह्यान्ड वास सेन्टर निर्माण गरेको छ । जहाँ वडा कार्यालय र स्वास्थ्य संस्थामा धारा निर्माण गरिएको छ । यत्ता जिल्लाको विगू गाउँपालिकाले सबै १२ वटा स्वास्थ्य संस्था, वडा कार्यालय, गाउँपालिकाका कार्यालयमा हात धुनको निम्ति बाल्टी, साबुनको व्यवस्थापन गरेको थियो । पालिकाका स्वास्थ्य शाखा संयोजक इश्वर खड्काले ओसेलिभ परियोजना अन्र्तगत २ वटा र बहुक्षेत्रिय पोषण कार्यअन्तर्गत २ वटा गरी ४ वटा कन्ट्याक लेस ह्यान्ड वास स्टेशन जडान गरिने तयारी गरिएको बताए । वडा कार्यालय तथा स्वास्थ्यचौकीमा राखिएका ट्यांकीमा पानी राखिएको छ । तर नियमितता हुन सकेको छैन् । सार्वजनिक स्थलमा राखिएका ट्यांकीमा नजिकका सर्वसाधारणले पानी भर्नुपर्ने र साबुनको व्यवस्थापन गरिनुपर्ने बताइएको छ। खाना बनाउनुभन्दा पहिला, खाना खानुअघि तथा खाएपछि, दिसा गरेपछि, बच्चाको दिसा धोएपछि, हाछयुँ गरेपछि, कुनै सामान छोएपछि, फोहाेर वा माटो चलाए पछि हात साबुनपानीले धुनुपर्दछ । हातलाई पानीमा राम्ररी भिजाउने, साबुन पानीले हात लगायत औंलाका काप र सतहका साथै नङमुनि मिचेर धुनुपर्ने हुन्छ। स्वास्थ्यकर्मीका अनुसार मिचिमिचि साबुनपानीले हात धँुदा श्वासप्रश्वास सम्बन्धि रोग, झाडापखाला, मौसमी फ्लुका रुपमा रहेको भाइरल ज्वरो, रुघाखोकी र छाला तथा आँखा पाक्ने लगायतका रोगको संक्रमण शरिरमा प्रवेश गर्दैन ।
ट्यांकी छ ,पानी छैन
TOPICS:समाज
Posted By: दीक्षण दैनिक १४ बैशाख २०७८, मंगलवार १२:०८
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "ट्यांकी छ ,पानी छैन"