टोल समृद्धिका लागि सडक निर्माण

बाबुराम शर्मा

चरिकोट– नगर सम्मृद्धिका लागि पहिला टोल सम्मृद्धि हुनुपर्ने भन्दै दोलखाको सदरमुकाम चरिकोट स्थितको भीमेश्वर नगरपालिका–३ मा गठन भएको हिमचुली टोल सुधार समितिले १२ फिट चौडाइको तीन सय फिट लामो सडक निर्माण गरेको छ ।
चरिकोटको मुटुका रुपमा रहेको सातदोबाटो नजिकैको सो सडक निर्माणका लागि लागत सहभागिता छ लाख ३५ हजार जनश्रमदान र नगरपालिकाको नौ लाख ५० हजार गरी कुल १५ लाख ८५ हजार रुयियाँमा सडक सप्मन्न गरिएको समिति अध्यक्ष शिवजी राउतले बताए ।
टोलवासी एवम ईन्जिनियर नारायाप्रसाद शिवाकोटीका अनुसार विकासको पूर्वाधारको रुपमा रहेको सडक निर्माणपछि उज्यालो टोल कार्यक्रम सुरु भएको छ । सडक बत्तीका रुपमा टोलबासी आ–आफैँले लगानी गरी ३० वाट क्षमताको बत्ती बालेर टोलै झलमल्ल बनाएका छन् । यसैसँग जोडिएको लामोसाँघु–जिरी सडक रहेकाले त्यसको समेत शोभा बढाउन सडकपेटीकै छेउमा पूmलका बिरुवा पनि रोपिएका छन् । सुरक्षाका लागि ठाउँठाउँमा सिसि टिभी जडान गरिने योजना पनि बनेको छ ।
अहिले पूल रोपेको ठाउँलाई विभिन्न रङगीच¥गी पूmलसहितको बगैँचा पनि निर्माण गरिन लागिएको उनले बताए ।
उहाँका अनुसार यो शाखा र मूल सडकको भित्ताको पर्खालमा चित्राङकित बगैँचा बनाइने छ । यसको बीच भागमा जिरी, दोलखा, रामेछाप, लामाबगर, काठमाडौँलगायततिर जाने सडक सङकेत कोरिने छ । यसमा दुरी समेतको चिन्ह (एरो ) दिएर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहजीकरण गरिने छ । यसका ठाउँ ठाउँमा पाँच वाट क्षमताका गार्डेन लाईट पनि रहने छन् ताकि राती पनि सहज होस् ।
करिब एक किलोको क्षेत्रिभित्र सडकमा रहेका पर्खाल भित्तामा दोलखाका प्रत्येक स्थानमा रहेका प्राकृतिक, धार्मिक समेतका जानकारीहरु राखिने पनि योजना बनेको र भीमेश्वर नगरपालिकाले सक्रिय रुपले लिएको पनि उनले स्पष्ट पारे

Shares

Be the first to comment on "टोल समृद्धिका लागि सडक निर्माण"

Leave a comment

Your email address will not be published.


*