इश्वर बिश्वकर्मा
चरिकोट, असोज २६
आइतबार बिहान देखि नै गौरीशंकर गाउँपालिका वडा नं. ३ स्थित पिखुती पुल छेवैमा बालकदेखि युवाहरुसम्मले खादा, माला र अबिर बोकेर बसि रहेका थिए । उनिहरुको मुहार खुसीले निकै चम्किला देखन्थे । लाग्थ्यो, उनिहरु ठुलै पाहुनाको स्वागत र सत्कारका लागि बसिरहेका हुन् ।
तर उनिहरुले कुनै पाहुनालाई होइन, बस पर्खिरहेका थिए । करिब १ बजेको समयमा हर्न बजाउँदै बस आयो । सबैले बसको चालक, सहचालकलाई खादा, माला र अबिर लगाई स्वागत गरे । कतिपयले बसमा अबिर लगाउदैँ धुप बालेर पुजा समेत गरे । झ्याँकु –पिखुती–मानेडाँडा सडक विस्तार भएको करिब ३ वर्षपछि गाउँमा पहिलो पटक बस पुगेपछि उनिहरुले हर्षोल्लास मनाउदैँ बसलाई स्वागत गरेका हुन् ।
गाउँमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे निजी सवारी साधन चल्न थालेको त केही बर्ष भएको थियो । तर पहिलोपटक पिखुती– महताारा हुदैँ मानेडाडाँ–सर्सेपुसम्म २ वटा सार्वजनिक बस पुग्दा झ्याँकुवासी खुसीले दङ्ग भएका थिए ।
झ्याँकु –पिखुती–मानेडाँडा सडक विस्तार भएको करिब ३ वर्षपछि
गाउँमा पहिलो पटक बस पुगेपछि गाउँमा खुसी छाएकाे हाे ।
अब नियमित सार्वजनिक बस सञ्चालन हुने भएपछि स्थानीयलाई ओहोरदोहोर गर्न र विभिन्न सामग्री ओसारपसार गर्न सहज हुने भएको छ । स्थानीय कृष्ण बहादुर थापाले सडकको ट्रयाक खोलेको ३ बर्ष पछि गाउँमा बस पुग्दा खुसी लागेको बताउँछन् । “अब बोलेरो रिजर्भ गरि मँहगो भाडा तिर्ने दिन गयो । सहुलियत भाडामा आवातजावत गर्न पाइने भो ।” थापाले भने । कृषि जन्य सामग्री बजारसम्म पु¥याउन र बजारको सामान गाउँमा ल्याउन यातायताको प्रबन्धले सहज हुने महताराका हरि बहादुर खत्रीले बताए । “गाउँमा पहिलोपटक बस पुग्दा हाम्रो पनि सुखको दिन आएजस्तो लागेको छ । अब घन्टौँ पैदल हिड्नुपर्ने बाध्यता हट्ने विश्वास पलाएको छ ।”
उनले ग्रामिण क्षेत्रमा भएका साँघुरा सडकको स्तरोन्ती गरेर नियमित यातायात चल्ने वातावरण बनाउन स्थानीय सरकारलाई अनुरोध पनि गरे । खत्रीले भने “हिऊँद महिनामा मात्र होइन, बर्खा महिनामा पनि नियमित गाडी चल्ने सडक बनाउन सबैको ध्यान जानुपर्छ ।” ग्रामिण क्षेत्रलाई यातायातमार्फत् सदरमुकाम र राजधानी जोड्ने काम गरेकोमा स्थानीयले स्थानीय सरकारप्रति आभारी समेत भएको उनले बताए ।
वडाध्यक्ष नेत्र बहादुर बस्नेतले वडाको पुर्वाधार विकासको निम्ती आफु प्रतिबद्ध भएको बताए । यातायात सञ्चालनले वडालाई सदरमुकाम र राजधानीसम्म जोड्ने काम गरिएको छ । अब सडकको स्तर उन्नती गरि नियमित सवारी सञ्चालनका लागि पहल गरिने वडाध्यक्ष बस्नेतले बताए । झ्याँकु खोलामा पुल निर्माण नगरेसम्म बस सञ्चालनमा चुनौती हुन्छ । उक्त पुल निर्माण गर्न समेत आफुहरुको ध्यान गएको उनले बताए । वडाध्यक्ष भन्छन् “विकासको पहिलो पाटो यातायात चल्ने बाटो भएकोले बाटोलाई पनि प्राथमिकतामा राखी काम गरिएको छ । अन्य विकासलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ ।” झ्याँकुका लागि काठमाडौँबाट दैनिक बिहान ७ बजे बस छुट्ने जनाइएको छ ।
Be the first to comment on "झ्याँकुमा पुग्यो सार्वजनिक बस, स्थानीय खुसीले दङ्ग"