चरिकोट(दीस) ः नेपाल जेसिज दोलखा शाखाको अध्यक्षमा अर्जुन दहाल चयन हुनु भएको छ । शाखाको शुक्रवार सम्पन्न साधारणसभाले दहाललाई अध्यक्षमा चयन गरेको हो ।
साधारणसभाले कार्यकारी उपाध्यक्षद्वयमा भीमबहादुर खडेका तथा जगदिश कार्की, कानुनी सल्लाहकारमा सञ्जिव पाण्डे, तथा महासचिवमा तेजराम अधिकारीलाई चयन गरेको छ । यसैगरी कोषाध्यक्षमा भरत बस्नेत, सह(सचिवमा साजनकुमार तामाङ, सह–कोषाध्यक्षमा पुस्पराज शिवाकोटी तथा चार जना उपाध्यक्षमा सुरेस थापा प्रविनकुमार खतिवडा,चन्द्रकला ठकुरी र दामोदर जोशी रहेका छन् ।
भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धरको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष पदम पाठकको सभापतित्वमा सम्पन्न जेसिजको साधारण सभालाई सम्बोधन गर्दै नगरप्रमुख मानन्धरले जेसिजले विधिको शासन कायम गर्न समाजमा सक्रीय भूमिका खेल्नुपर्ने बताउनु भएको थियो ।
Be the first to comment on "जेसिज दोलखाको अध्यक्षमा अर्जुन दाहाल"