इश्वर बिश्वकर्मा
चरिकोट, माघ २७
प्रेम बहादुर कार्की तामाकोशी गाउँपालिका वडा नं. २ झुलेका बासिन्दा हुन् । तर उनि अहिले सदरमुकाम चरिकोटमा बस्दै आएका छन् । उमेरले ८२ वर्षका कार्की बेलाबेलामा समसामयिक विषयमा कथा, कविता लेख्छन् । अनि आफनै उमेरका साथीसँग जोशिला कुरा गर्न रुचाउँछन् । रमाइलो र आत्मा सन्तुष्टि हुने भएकोले आफ्ना अनुभवहरु आदानप्रदान तथा कुराकानी गर्न असाध्यै मन लाग्ने उनि बताउँछन् । त्यहि भएर दैनिक जसो बिहानको खाना खाइवरी लौरी टेक्दै सातदोबाटो तिर लम्किछन् । उनकै साथीहरु तारानाथ चौलागाईँ, गणेश बहादुर केसी, बम बहादुर थापा, बिष्णुकान्त शिवाकोटी लगायत गरी ५–६ जना जेष्ठ नागरिक सातदोबाटोको प्रतिक्षालयमा भेला हुन्छन् । अनि सुरु गर्छन्, सुखदुखका कुरा, रमाइला अनि तितामिठा कुरा । कहिले नेता र राजनितीका कुरा, कहिले जनप्रतिनिधी र कर्मचारीका कुरा, कहिले उहिलेका कुरा कहिले अहिलेका कुरा । कहिले घरका कुरा कहिले आफनै कुरा । तर बिडम्बना के छ, भने उनिहरु यात्रुलाई लक्षित गरि निर्माण गरिएको प्रतिक्षालयमा बसेर कुरा गर्न बाध्य छन् । जसले गर्दा उनिहरुले दैनिक धुलो सहनुपर्छ । गाडीको कर्कश आवाज सुन्नुपर्छ । नजिकै शौचालय नभएकोले पिसाब लाग्दा च्यापेर बस्नुपर्छ । प्रेम बहादुरले भने “मेयर साबले भीमेश्वर नगरपालिकाकालाई जेष्ठ नागरिक मैत्री बनाउने कुरा गर्थे । तर हामी बुढापाका भेला भएर बात गर्ने ठाउँ खै बनाएको ? अनि खै त ट्वाइलेट ? ”
अर्का जेष्ठ नागरिक तारा नाथ चौलागाईँ दुखेसो सुनाउँदै भने “नगरपालिकाले धार्मिक किताब, बाद्यवादनको सामग्री, टेलिभिजन, पत्रपत्रिका सहित जेष्ठ नागरिक मिलन केन्द्र पनि रहने गरी सपिङ कम्प्लेक्स निर्माण गर्दै छ । काम सुरु गरेको गत वर्षको असारमा हो, तर निर्माण सम्पन्न कहिले हुने र हामीले जेष्ठ नागरिक मिलन केन्द्रमा कहिलेबाट सेवा पाउने हो ।” हुन, त यस अघि एक कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटी समक्ष प्रेम बहादुर कार्कीले जेष्ठ नागरिकको समस्यासहितको गुनासो राखेका थिए । त्यसपछि प्रजिअ शिवाकोटीले जेष्ठ नागरिकले पाउने सेवा सुविधालाई सहज उपलब्ध गराउन सहजीकरण तथा समन्वय गर्ने र सार्वजनिक शौचालय अस्थायी रुपमा नजिकै बनाउन पहल गर्ने आश्वासन थिएका थिए । तर प्रजिअको तर्फबाट माग छिटो सम्बोधन हुने आशा राखे पनि पुरा गर्न उनि तत्पर नभएको जेष्ठ नागरिकहरुले आरोप लगाएका छन् । जेष्ठ नागरिकहरुले मिलन केन्द्र सहितको सपिङ कम्प्लेक्स छिटो निर्माण गरि सेवा उपलब्ध गराउन माग राखेका छन् । यदि त्यसो नभएमा अस्थायी रुपमा जेष्ठ नागरिकहरु बसेर कुरा गर्न मिल्ने मिलन केन्द्र निर्माण गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।
सार्वजनिक गाडीमा शास्ती नै शास्ती
जेष्ठ नागरिकले सार्वजनिक गाडीमा यात्राका क्रममा शास्ती सहनुपरेको प्रेम बहादुर कार्कीले बताए। ”जेष्ठ नागरिकको सिटको पनि धेरै गाडीले कार्यान्वयन गर्न मान्दैनन् । अनि भाडामा छुट दिन पनि मान्दैनन् । सहचालक सहित अन्य यात्रुबाट शास्ती खेप्नु परेको अवस्था रहेको छ । “उनले भने “आरक्षण सिटको पुर्ण कार्यान्वयन र जेष्ठ नागरिकमैत्री मात्र होइन, बालबालिकामैत्री, महिलामैत्री यातायात सेवा बनाइनुपर्छ । त्यसैले शास्ती खेप्नुपर्ने अवस्थालाई अन्त्य गरी सुख र सहज यात्राको लागि सम्बन्धित निकाय तथा प्रहरी प्रशासनले प्रभावकारी रुपमा पहल गर्नुपर्ने हुन्छ ।”
घरमैँ अपमान
भनिन्छ, जेष्ठ नागरिक अनुभवका खानी हुन्, तर अनुभवका खानीले सार्वजनिक स्थलमा मात्रै होइन्, आनै घरमा पनि अपमान र दुव्र्यवहार सहन बाध्य छन् । तारा नाथ चौलागाईँ भन्छन् “मलाई त घरमा राम्रै छ । पालनपोषण तथा हेरचाहमा कुनै पनि कमी छैन् । तर हामी जस्ता भाग्यमानी जेष्ठ नागरिक समाजमा कमै मात्र छन् ।” उनले भने “धेरै बृद्धबृद्धाले आपm्ननै घरमा दुव्र्यबहार सहनुपरेको छ । त्यसैले त्यो प्रवृतिको अन्त्य गरिनुपर्छ । किनकी मानिस जन्मेपछि शिशु, किशोर, युवा र बुढेसकाल पार गर्नै पर्ने प्राकृतिक नियम नै हो ।” उनले भने “त्यसैले प्राकृतिक नियम अनुसार सबै बुढो हुने भएकोले बृद्धबृद्धालाई सम्मान गरौँ ।”
Be the first to comment on "जेष्ठ नागरिकको प्रश्न ः मिलन केन्द्र कहिले बन्छ ?"