विश्वमा समाजवादको अभ्यास गरिरहेका भनिएका एक मुलुकभन्दा वाहेकका मुलुकमा पुगेको छु । दोलखाको माथिल्लो तामाकोशी जलविद्युत आयोजना उद्घाटन हुनुभन्दा केही दिन अघि समाजवादको अभ्यास गरिरहेको मुलुक क्यूवा पुगेको थिएँ । ती देशहरुका जीवनशैली हेरेपछि मलाई लागेको छ समाजवाद भन्ने चिज आगो लगाउनु पर्छ । क्यूवामा केही सिमित वर्गका नेतालाई मात्र मोबाईल फोन प्रयोग गर्ने सुविधा छ । सर्वसाधारणले फोन गर्न सामुहिक स्थानमा राखिएका फोन सेन्टर प्रयोग गर्नुपर्ने वाध्यता छ । त्यस्ता स्थानमा राखिएका फोन पनि एकदमै पुराना मोडलका छन । एकदिन एउटा मानिस बजारमा मुस्कुराँउदै गयो । उसले हातमा झुन्ड्याएको झोलामा केही सामान थियो । भाषा नवुझिने समस्याले मैले तत्काल उ किन खुसी छ, भनेर बुझ्न सकिन । पछि थाहा भयो त्यस दिन उ लाईन नै नबसी सामान लिन पाएकोमा खुसी भएको रहेछ । म अचम्म परें समाजवादी जीवनशैली हेरेर । माथिल्लो तामाकोशी जलविद्युत आयोजना शिलान्यासका क्रममा परिवार सहित दोलखा गएको थिएँ । परिवारका सदस्यहरुलाई घुमाउन शिलान्यास स्थल गोगरभन्दा माथितिर पर्ने लामाबगर लगेर फर्कदैं थिए । छोरीले एउटा महिलातिर हेर्दै फोटो खिच्न संकेत गरिन । मैले ती महिलालाई हेरें । उनले एउटा नानी डो¥याएकी थिईन, अर्कोलाई पिठ्युँमा बोकेकी थिईन । लुगा पनि सफा नै लगाएकी थिईन । खुट्टामा चप्पल पनि थियो । दुवै नानीहरुका खुट्टामा जुत्ता थियो । उनी फोनमा कुरा गरिरहेकी थिईन । दोलखामा लामावगरलाई पिछडिएको क्षेत्रका रुपमा लिईन्छ । त्यहाँका मानिसलाई पनि अलिक अशिक्षित, केही नजानेका मानिस भन्ने अर्थमा बुझिन्थ्यो जिल्लाका अरु क्षेत्रमा त्यस बेला । भर्खरै क्यूवा पुगेर आएकोले म छक्कै परें । पिछडिएको क्षेत्र मानिएको ठाँउमा बस्ने मानिसहरुको जीवनशैली यस्तो छ । समाजवादको नमुना वताउने मुलकका जनताको हालत त्यस्तो छ । त्यस्तै पोखराको एक गाँउमा एक जना महिला ढोक्से(ठुलो खालको डोको)मा पत्कर सोरेर चौतारामा बसेर फोनमा गफिंदै थिईन । गाडी व्याक गरेर तस्बिर लिन खोजेको सम्भव भएन् । मलाई लाग्छ, ती दुवै महिलाका श्रीमानहरु विदेशतिर हुनुपर्छ । तिनिहरु आफैं फोन गरेर वा श्रीमानले गरेको फोन उठाएर विदेशमा रहेका श्रीमानसँग गफ गर्न सक्ने भएका छन् । जवकी समाजवादी मुलुक भनिएको देशमा यो अझै कल्पनाको विषय छ । कुनै पनि कुरा नितान्तै आफ्ना लागि हुन्छ । सिद्धान्त,सम्वन्ध लगाएतका कुराहरु । त्यसले आफ्ना लागि काम गर्दैन भन्ने लागेपछि मान्छेले त्यो क्षणभरमै त्याग्ने गर्छ । पार्टीमै पनि लामो समय काम गरेका साथीहरु पार्टीले मेरा लागि काम गर्दैन भन्ने लागेपछि पलायन भए । कोही नयाँ पार्टी खोल्न लागे । कोही नयाँ सम्वन्ध जोड्न लागे ।विदेश पलायन भएका मानिसहरुका देशप्रतिको वितृष्णा हेर्दा गजब लाग्छ । नेपाली नागरिकता त्यागेका दिन तिनिहरु उत्सव मनाउँछन् । आफन्तहरु राखेर ठुलो पार्टी हुन्छ । देश बसुन्जेल मुलुकका लागि सोच्न मिनेट समय निकाल्दैनन् तीनीहरु । विदेशमा खुट्टा टेक्नेवित्तिकै बडा देशभक्तिका कुरा गर्छन । नेपालीत्व शुन्य प्रतिशत पनि नभएकाहरुले देश प्रति गनगन गर्न कसरी सक्छन?जुनसुकै कुरा पनि सकरात्मक तरिकाबाट हेनुपर्छ । २०४३ सालसम्म नेपालमा टेलीभिजन थिएन । हामी जेलमा बस्दा सोनी ब्राण्डका टिभिमा कोरीयन फिल्म हेथ्र्यौ । त्यसका लागि पनि पैसा तिर्नुपथ्र्यो । अहिले जमाना धेरै अगाडी पुगिसकेको छ । आकाशमा जहाँज देखेर दङ्ग पर्ने म नै हुँ । अहिले कुन एयरको विमान चढेर आईयो भन्ने भईएको छ । अहिलेको पुस्ताले धेरै काम ग¥यो । संस्थागत गर्न समय लाग्छ । पञ्चायत फ्याल्यो । राजतन्त्र फाल्यो । तैपनि अझै विश्वका कतिपय राष्ट्रहरुमा अवस्था हाम्रोभन्दा भयावह छ । यसलाई राम्रैसँग हेर्न सक्नुपर्छ । नकरात्मक दृष्टिकोणबाट हेर्ने हो भने जताततै भताभुङ्ग देखिन्छ । अवस्था त्यस्तो छैन । हुनुपर्ने जति नभएको होला तर राम्रो त पक्कै छ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य स्व. चौंलागाँईसँग पत्रकार अर्जून अपवादले ८ बर्ष अगाडी गरिएको अनौपचारीक कुराकानीमा आधारित ।
Be the first to comment on "जुनसुकै कुरा पनि सकारात्मक तरिकाबाट हेनुपर्छ"