चरिकोट(दीस)–दोलखाको गौरीशंकर गाउँपालिका जुँगूमा “पहिरो पीडितलाई दाताले सहयोग गरेको रकम अन्यत्रै खर्च गरिएको छ । पीडितको नाम जम्मा भएको रकम अन्य प्रयोजनमा खर्च भएको हो। सो पालिकाका २ वडा अध्यक्षले पीडितको नाम जम्मा भएको रकम तत्कालिन समयमा उद्धार गर्न भन्दै करिव आठ लाख रकम उद्धारमा खर्च भएको बताएका छन । दाताले पीडितलाई सहयोग गर्न रकम दिएको बताए । वडाले पीडितलाई दिएको रकम आठ महिना सम्म खाता राख्नु आफुहरुले गरेको सहयोगको भावना विपरित भएको एक दाताले दीक्षणसँग भने । वडा आफै सरकार भएको उसले पहिरो पन्छयाउन “पहिरो पीडितको नाम आएको रकम खर्च गर्नु भनेको सहयोगको मर्म विपरित भएको उनले बताए ।
“पहिरो पीडितको नाम” स्वदेशी तथा विदेशी दाताले १७ लाख ३८ हजार रुपैया सहयोग गरेका थिए ।सहयोग भएको रकम एकृकित बस्ती बनाउने भन्दै सो पालिकाका १ र २ वडा अध्यक्षका नाममा सहकारी तथा वैकमा सँयुक्त खाता खोली राहत कोष स्थापना गरिएको थियो । उनीहरुको नाम १७ लाख ३८ हजार रुपैया स्थानीय सहकारी र मैनापोखरीमा रहेको मेघा बैकमा उक्त रकम जम्मा गरिएको थियो । १७ लाख ३८ हजार रुपैँया मध्ये करिव आठ लाख रकम पहिरोले थुपारेको माटो पन्छ्याउन , डोजरमा प्रयोग गरेको रकम तिर्न , तेल भाडा तथा पहिरो निरिक्षणमा आएका व्यक्ति खाना खुवाउँदा रकम खर्च भएको सो पालिकाका २ का वडा अध्यक्ष बसन्त कार्कीले बताए । पालिकाबाट आठ लाख रकम यो आर्थिक बर्षमा विनियोजन भएको र खर्च भएको रकम शोध भर्ना गरी पीडितको नाम खोलीएको खातामा रकम जम्मा गर्ने कार्कीले बताए । उनले तत्कालिन अवस्थामा सांसद सहितको वैठकले एकृकित बस्ती बनाउने निर्णय गरेकोले सो वस्ती निर्माण गर्न जग्गा खोजी गरिराखेको बताए । जग्गाको भाउ नमिलेको कारण एकृकित बस्ती बनाउन ढिला भएको दावी गरे । त्यसैगरी वडा १ नम्बरका वडा अध्यक्ष झलक कार्कीले पहिरो गएको स्थानमा फेरी पनि पहिरोको जोखिम भएकोले बस्ती अन्यत्रै सार्नु पर्ने भएकाले काम ढिला भएको बताए । करिव आठ लाख रुयैया पहिरोले झरेको माटो पन्छाउन तथा तत्कालिन समयमा पीडितलाई व्यव्स्थापन गर्न रकम खर्च गरिएको जानकारी दिए ।
पीडित भन्छन –रकम कति आयो थाहा छैन
पहिरोमा छोरा गुमाएका पीडित लोकेन्द्र खड्काले जम्मा भएको पैसा बारे आफूहरुलाई केहि थाहा नभएको गुनासो गरे । पहिरो गएको ७ महिना बितिसक्दा पनि तत्कालीन समयमा गाउँपालिकाले दिएको ७५ हजार तथा वडाले दिएको रकम १० हजार र सहकारीले दिएको २५ रुपैया बाहेक अन्य कुनै राहत रकम नपाएको बताए ।खड्का भन्छन् “स्थानीय सरकारले पुन आवस निर्माण गर्न र पीडितको व्यवस्थापन गर्न खासै चासो नदिएको हुँदा आवास निर्माणमा ढिला भएको बताए। त्यसैगरी अर्की पीडित मेनकुमारी खत्रीले पहिरोले घर पुर्णरूपमा पुरेको हुँदा छिमेकीको घरमा भाडामा कोठा लिएर बस्नु परेको बताइन । “पहिरो गएको ८ महिना बित्न लाग्यो” बर्खायाम सुरु भयो, अहिलेसम्म स्थानीय सरकारका प्रतिनिधि गाउँले वडा अध्यक्षले आफूहरुलाई थाहा नदि जम्मा भएको १७ लाख रकम मध्ये धेरै रकम खर्च भएको सुन्नमा आएको बताइन् । जुँगुका अन्य पहिरो पीडित भन्छन “हालसम्म कति सहयोग रकम जम्मा भए केमा खर्च भयो ,त्यो विषयमा आफुहरुलाई सहयोग रकम जम्मा गर्ने वडा अध्यक्षहरुले कुनै जानकारी नदिएको उनीहरुले बताए । गएको साउनको १७ र १८ गते आएको पहिरोले पालिकाको १ र २ नम्बर वडामा २ जना बेपत्ता भएका थिए भने ११ घर पहिरोको कारण विस्तापित भएका थिए ।
Be the first to comment on "जुँगू “पहिरो पीडितको “नाममा आएको रकम अन्यत्रै खर्च"