लण्डन । ठूला अर्थतन्त्र भएका मुलुकहरूको समूह जी–७ को शिखर सम्मेलनका लागि बेलायत गएका भारतीय प्रतिनिधिमण्डल सेल्फ आइसोलेसनमा बसेको छ । प्रतिनिधि मण्डलका दुई सदस्यमा कोभिड–१९ पुष्टि भएपछि सबै प्रतिनिधि आइसोलेसनमा बसेका बेलायत सरकारलाई उदृत गर्दै अलजजिराले जनाएको छ । “हामीलाई गहिरो खेद छ कि विदेशमन्त्री जयशंकर आजको बैठकमा प्रत्यक्ष उपस्थित हुन असमर्थ हुनुहुन्छ । तर पनि उहाँ भर्चुअल माध्यमबाट बैठकमा सहभागी हुनुहुनेछ”, एक वरिष्ठ बेलायती कुटनीतिज्ञले भने । विदेशमन्त्री शुब्रमन्यम जयशंकरलाई भने संक्रमण नभएको बताइएको छ । मंगलबार उनले बेलायती गृहमन्त्री प्रिति पटेलसँग भेटघाट गरेका थिए । क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका सामेल जी–७ मा भारत छैन । भारतसहित अष्ट्रेलिया, दक्षिण कोरिया र दक्षिण अफ्रिकाका प्रतिनिधिमण्डललाई समूहले अतिथिका रूपमा आमन्त्रित गरेको छ । आगामी महिनाका लागि तय भएको जी–७ राष्ट्रको शिखर सम्मेलनका विषयमा यी देशका प्रतिनिधिहरू बेलायतमा छलफल गरिरहेका छन् ।
जी–७ सम्मेलनका लागि बेलायत गएका भारतीय प्रतिनिधिमा कारोना संक्रमण
TOPICS:विदेश
Posted By: दीक्षण दैनिक २४ बैशाख २०७८, शुक्रबार १२:३०
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "जी–७ सम्मेलनका लागि बेलायत गएका भारतीय प्रतिनिधिमा कारोना संक्रमण"