अजय प्रधान
जीवन विज्ञान जाऊँ न साथी जीवन विज्ञान जाऊँ ध्यान, ज्ञान, उमंगमा रमाउने ठाउँ” साच्चै यो गितमा भने जस्तै जीवन विज्ञानमा प्रवेश गरेपछि ध्यान, ज्ञान र उमंगमा जन्मेको ५ वर्षको उमेरदेखि यो संसारबाट बिदा नभएसम्म रमाउने ठाउँ जीवन विज्ञान नै हो ।
जीवन विज्ञान के हो?
जीवन भन्नाले मानव भित्र रहेका असिमित सम्भावनाहरूको नाम हो । विज्ञान भनेको प्रयोगात्मक रूपमा हरेक पटक उही परिणाम दिने व्यवहारिक ज्ञान भन्ने बुझिन्छ । अझ यसलाई सरल भाषामा जीवन विज्ञान भनेको प्रत्येक व्यक्ति भित्र क्षमता र सम्भावना हुन्छ, त्यो खोज्ने विज्ञान नै जीवन विज्ञान हो ।
जीवन विज्ञानको हाम्रो जीवनमा महत्व हरेक नागरिकले सुख, शान्ति र समृद्धिको लागि जस्तो सुकै त्याग र कडा परिश्रम गरेर जीविका चलाउँदै आएका छन् । आफुले भनेजस्तो शिक्षा आर्जन गर्न सकेन, उमेरमा पोषिलो खान, आरामले सुत्न पाएन भनेर आफुले दुख भोगेका क्षणहरू आफ्ना सन्तानहरूले भोग्न नपरोस् भनेर भविष्यमा आउने दुर्घटनाको जोखिम लिँदै गाउँबाट शहर, शहरबाट विदेश जान्छन् कि, स्वदेशमा मजदुरी, ज्याला, नोकरी, व्यापार व्यवसाय गरेर हुन्छ कि निरन्तर कोसिस गरिरहेका छन् । र पनि कर्म गरे जस्तो सोचे जस्तो किन भइरहेको छैन त ? जति दुख माथि दुख, समस्या माथि समस्या आइपुगिरहेका छन् भने कसैले पनि वास्तविक उत्तर पाएका छैनन् । कतिपय त ती समस्याहरूको उत्तर खोज्दै अकालमा विभिन्न उपाय अपनाएर मृत्युको बाटो पनि रोज्ने क्रम बढिरहेको छ । यस्तै समस्यै समस्याको गिजोलोमा फसेर उत्तरको खोजीमा रुम्लिरहेको म ३७ वर्षको एक युवक बितेका २ वर्षलाई यस्तै सम्झन चाहन्छु ।
म बालपनदेखि मलाई अहिले सम्झना आउँदासम्म नेतृत्व, सहयोग, कमलोमन, अज्ञानी थिए सायद त्यो मेरो जन्मजात गुण र मेरो रुचि नै थियो किनकि मेरो बच्चापनलाई अहिले पनि ध्यानमा राखेर सम्झदा मैले सम्झन सक्ने यही नै हो । म कक्षा २, ३ देखि नै तत्कालीन राजकुलेश्वर प्राविको हरेक अभिभावक दिवसमा नाटक खेल्थे, कक्षा कोठाको मनिटर बन्थे, कक्षा ४ मा जुरेसको सचिव र कक्षा ५ मा भोट मागेर चुनाव लडेर अध्यक्ष जितेको याद छ। गाईजात्रामा एक्लै÷सामूहिक कुनै न कुनै अभिनय गरेर जान्थे र बाल समूह, बाल क्लबको नेतृत्व गरेर कति कार्यक्रमहरू गरे सम्झेर साध्य छैन। नेतृत्व मेरो वंशको केहि अंश पनि होला तर मेरो ती गुण र मेरो रुचिलाई कहिले पनि मेरो परिवारले चिन्न सकेन। मैले ती कार्यहरू परिवार, टोल, छिमेक र शिक्षकहरूको लागि बदमासको संज्ञा पाए। म कहिले पनि मेरो कलालाई दिल खुलेर प्रकट गर्न पाएन, मात्र घरको स्वार्थ अनुसार खेतला बोलाउन जानु, निम्तो दिन जानु, कुनै चलाख मान्छेले गर्नुपर्ने काम गर्नुपर्ने बेला मात्र प्रयोग हुन्थे। विद्यालयमा शिक्षकहरूले नाटक गर्न अरु नभए, मनिटर हुँदा अरुले हात नउठाए, कुनै राजाको जन्मोत्सवको ¥यालीमा नारा लगाउनु परे, कुनै खेलमा हुटिङ गर्न परेमा जुरेसमा पनि बस्नु भनेको सरसफाई, चर्पी सरसफाई, स्वयंसेवक अलि टाठो भएको नाताले मात्र म रोजाइ परेको होला । उ बेला वक्तृत्वकला, वादविवाद प्रतियोगितामा गोजङग्रे भए पनि कक्षाको प्रथम छात्र वा छात्राले मात्र मौका पाउँथे। म जस्तो हाउभाउ, बोल्ने कला भएको तर पढाइमा अलि कमजोरलाई त वास्तै हुदैन थियो। अहिले बुझ्दा त्यस्तो प्रतियोगितामा म जस्तो कला भएकोलाई नै पठाउनु पर्छ।
हामीले जन्मदा नै आ–आफ्नो गुणको बीजारोपण गरेर आएका हुदो रहेछौं । त्यो बीउलाई परिवार, विद्यालय र समाजले उचित समयमा चिनारी र स्याहार गर्नु पर्छ। त्यसो गर्दा हरेक नागरिकले चाहेको सुख, शान्ति, खुशी, स्वस्थ र समृद्धि पाउँछ। तर जन्मजातमा बीजारोपण भएर आएको बीउलाई समयमै चिनाउन नसक्दा र आफैले चिन्न नसक्दा छोटो समयमा, सानै उमेरमा मैले ठूलो आर्थिक दुर्घटना व्यहोर्नु प¥यो । जीवनका धेरै पाटो छन् ,समय, सम्बन्ध, सामाजिक, स्वास्थ्य, आर्थिक, शान्ति। यी मध्ये कुनै एक पाटो मात्र बिग्रदा जसरी शरीरको कुनै अंग नचल्दा, विरामी हुँदा अपांग भइन्छ, त्यस्तै शरीरका सारा अंग स्वस्थ रहँदा पनि आँखा एउटा नहुदा के हालत हुन्छ? त्यस्तै मेरो जीवनमा सबै कुरा व्यवस्थीत हुदा पनि आर्थिक पाटो कमजोर हुँदा पूरा जीवन अपांग जस्तो भए। अब अपांग मान्छे सपांगहरूसँग परिवार, टोल, समाजमा रहँदा फरक देखिन्छ। यो सबैको असर अरुलाई परिचय गराउने माध्यम भनेको त मानसिक अवस्था नै रहेछ । मानसिक अवस्था भनेको हाम्रो आत्मा अर्थात “मन” हो। त्यो मनले भौतिक शरीरलाई निर्देशन दिन्छ जसरी टेलिभिजनको स्टुडियोबाट हाम्रो घरको टिभिमा पठाए जस्तो । विचारा टिभी त देखाउने माध्यम हो, स्टुडियोमा बस्नेले जे पठायो त्यही देखाउने । हाम्रो भौतिक शरीर पनि मन र आत्माले पठाएको निर्देशन पालना गर्दा व्यवस्थीत प्रस्तुतीलाई अव्यवस्थीत रूपमा प्रस्तुत गर्दा परिवार, साथी, समुदायहरू चासो राख्दछन् । तर विचारा त्यो शरीर, अर्थात मलाई थाहा नहुने कुरा । हुन पनि हो, टिभीलाई पनि भित्र आगलागी, बाढी, पहिरो जे पनि आउँछ, मतलब हुँदैन ।
मेरो दैनिक जीवन अरु समयभन्दा भिन्न भएपछि चामसलीको पार्वती दिदीले तिमिलाई धेरै तनाव छ जस्तो छ, जीवन विज्ञानमा तनाव विसर्जन कार्यक्रम छ, आउ भनिन । तर मुखले हुन्छ भने पनि मनले भने पार्वती दिदी प्रति रिस उठ्यो, के म पागल हो ? के म डिप्रेशनमा गएको हो ? जान्न भने आफूलाई बलियो बनाएर गए । समय बितिरहेको थियो, म वडा अध्यक्षको निर्वाचनमा ५ सय ९८ जनाको मात्र जनप्रतिनिधि हुन पाएको थिए । मेरो विद्यालयको नीतिगत समस्या र दोलखा भीमेश्वरको पाटी, गेट निर्माणको विवाद उत्पन्न भएको थियो । मेरो आर्थिक पाटोसँगै सामाजिक पाटो पनि बिग्रेर थप पीडाको असर मनमा परेको थियो, मनले शरीरलाई दिएपछि फेरि अव्यवस्थीत प्रस्तुतिकरण भयो । मैले मेरै परिवारका सदस्यहरूबाट बौलाह हुन लाग्यो, छिटो सुसाइड गर्छ रे भन्ने अप्रिय शब्दहरू सुने र त्यसपछि विचलित भएको थिए ।त्यो समयमा कुशल सल्लाहकार गुरुको आवश्यकता थियो । संयोगले भनौं या अदृष्य परमात्माको भेटले कल्याणमित्र कालिका पाण्डेको योग अभ्यास र विनु श्रेष्ठको ध्यान अभ्यासको आकर्षणले म जीवन विज्ञानमा समर्पित भए ।
अनि के भयो?
जीवन विज्ञानका बारेमा म नौलो थिइन, सूर्यविनायक बसेर व्यापार गर्दा २०७२÷७३ सालदेखि युट्युबमा जीवन विज्ञानका धेरै राम्रा श्रद्धेय रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवबाट प्रवचन सुनेर हौसला मिल्थ्यो र केही समयपछि राति निदाउने ओखती नै जीवन विज्ञानका प्रवचन भएको थियो । दोलखा आएको २ वर्षपछि सोममैया दिदीको पहलमा जीवन विज्ञानले पनि दोलखामा योग अभ्यास गराउँदै छ भनेर खबर पाएपछि मेरो आत्मामा उहिल्यै बीजारोपण गरेको जीवन विज्ञानलाई प्रवचन सुन्न मात्र होइन, प्रत्यक्ष प्रयोगात्मक ज्ञान लिन पाईनेमा हर्षित भए र सहभागी भए । तर त्यसलाई मेरो जीवनको लागि अपरिहार्य भन्दा पनि बैकल्पिकको रूपमा सोच्न थाले । मनले गर्दा जान्न नलागे, जाने भने पनि कल्याण मित्रहरूको निर्देशनभन्दा आफुलाई सजिलो पाउने तरिका सोच्थे ।
अहिले म १९ महिनादेखि जीवन विज्ञानमा निरन्तर लागिरहेको छु। विशेष समय कल्याण मित्र सपना दिदीले दिनु भएको कक्षामा विताउँदै छु। मैले जीवन विज्ञानको प्रयोगशालामा प्रवेश गरेपछि शतप्रतिशत दिनुपर्ने दिन्छु ।
जब मैले शतप्रतिशत दिएर जीवन विज्ञानले मलाई प्रवेश दियो मेरो अद्भुत क्षमता के हो? म हिजाको दिनमा आर्थिक, सामाजिक, स्वास्थ्यमा कसरी दुर्घटना भए ति जवाफका उत्तरहरू आफैले पाउँदैछु र आगामी यात्रामा सजगता अपनाउँदै छु । जब मैले आफुले जिम्मा लिएका कामहरू सर्वोकृष्ट होस् भनेर चाहन्छु म आफै सृजनशीलता तिर लाग्छु सबै भन्दा महत्वपूर्ण विषय मेरो आफ्नो अद्भुत क्षमताको उच्चतम बिन्दु पत्ता लगाउने मार्गमा छु । मैले योगअभ्यास भन्दा जीवन विज्ञानको अन्य कुनै कक्षा नलिदा त सजगता अपनाई सकेको छु। थप कक्षाहरूमा सहभागी भए पछि अझ कति ज्ञान प्राप्त गर्छु होला।
विगतमा भएका दुर्घटनालाई कसरी हुन्छ व्यवस्थापन गर्ने अब मेरो बाँकी रहेको जीवनमा मेरो जन्मजातमा नै विजारोपण भएर आएको रुचिलाई पहिचान गरी साकार पार्नेछु । हामी भित्र भएको परम शान्ति र समृद्धिको फरक छुटाउन सकेको छु । जीवन बलवान बनाउनको लागि धन, स्वास्थ्य, विचारलाई कसरी बलियो बनाउने सिकिरहेको छु। म फेरि नयाँ मान्छे बन्न सक्छु भन्ने हिक्मत बढेको छ। मेरो मन भित्र पाकेको घाउको पीडा पिपको महु निकालेर निर्मूल भएको भाव मिलेको छ। जीवनको लागि अति आवश्यक जति सक्छ रुनु, हाँस्नु र नाच्नु पर्छ भनेर बुझेको छु । आध्यात्मिक चिन्तनमा लाग्न उमेरले छेक्दैन भनेर बुझ्न पाएको छु। जीवन विज्ञानमा सहभागी हुनको लागि विरामी भएपछि, डिप्रेशनमा गएपछि, डिभोर्स भए पछि, असफल भएपछि मात्र जान पर्छ भन्ने भ्रम हटाएको छु । आफु भित्रको ऊर्जा कसरी पत्ता लगाउने जानेको छु यसको उपयुक्त उमेर भनेको ५ वर्षको रहेछ तर मैले ३२ वर्ष पछि थाहा पाउँदै छु यदि यो उमेर भन्दा अघि नै थाहा पाएको भए आफु भित्रको ऊर्जा, ऐश्वर्य, क्षमता, सम्भावना समयमै थाहा पाएर ती दुर्घटनाहरू बाट बच्न पाउथे । तर अहिले बच्चा, युवाहरूको रुचि बढेको देख्दा नयाँ नेपालको जग बस्ने हो कि भन्ने आशा पलाएको छ । अव्यवस्थीत जीवनशैलीलाई व्यवस्थित र शान्तिमय बनाउने विधि सिकिरहेको छु । म जति ध्यान गरिरहेको छु म आफु भित्र आत्मालाई स्पर्श गर्दै गएको अनुभूति गरिरहेको छु। आफुलाई आफैले नदेखेको रूप देखिरहेको छु । आफुलाई व्यवस्थित, समयलाई व्यवस्थापन, सम्बन्ध व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन, शान्ति व्यवस्थापन, आफु संग भएको धनसम्पत्ति को व्यवस्थापन कसरी गर्ने ज्ञान प्राप्त गर्दैछु। फेरि दोहोर्याउँछु सबैभन्दा महत्वपूर्ण ज्ञान त “आफ्नो क्षमताको उच्चतम बिन्दु पत्ता लगाउँदैछु।”
अनि के भयो त ?
म जस्तै मेरो घरको परिवार, दोलखा र यो देशकै हरेक नागरिकहरू ध्यान मार्गमा बसून जो नागरिक ध्यानी हुन्छन् ती नागरिकले कसैलाई अन्याय गर्न सक्दैन, कसैलाई नराम्रो गर्न सक्दैन र आफ्नो अद्भुत क्षमता अनुसार कर्म गर्छन् अनि समाज आफै उत्कृष्ट बन्छ, परिवार राम्रो बन्छ, देश राम्रो बन्छ, देश सिस्टममा चल्छ ।
के यो सम्भव छ?
सम्भव छ, अवश्य सम्भव छ किनकि आजसम्म जति पनि परिवार, समाज र देश दुर्घटना परेको छ हरेक नागरिकले आफ्नो क्षमताको उच्चतम बिन्दु पत्ता नलगाएर मनलागी क्षमता र रुचि वाहेकका कर्म गरेर बरबादी जीवन यापन गरेर बसेका छन् । ध्यानले मान्छे परिवर्तन गर्छ । हामीले कल्पना गरेको समाज देश बन्छ किन बन्छ भने ध्यानले आफु भित्र भएको क्षमता चिनाउँछ जब मानिसले आफु भित्रको क्षमता चिनेर त्यही अनुसारको कर्म गर्छ र आर्जन पनि गर्छ सही कर्मले नै धन जन आर्जन गर्ने क्षमता चिनेपछि अहिले समाजमा विकराल रूप लिएको भ्रष्टाचार, लूट, अन्याय, भेदभाव र हत्याको बाटो किन रोज्छन् । यो हरेक घरको चूल्होमा पुग्न समय लाग्छ तर यो ज्ञान बुझेका हरेक कल्याणमित्रहरू, प्रेमलमित्रहरू उदाहरणीय हुनपर्छ, जीवन विज्ञानको मूल्य बुझेकाहरू निरन्तर लाग्न पर्छ, अवश्य सम्भव छ ।
मैले आजसम्म ५२ घुस्सा ५३ ठक्कर खाईसक्दा ध्यान बाहेक मुक्तिको बाटो छैन । धन्यवाद हरिॐ ।
Be the first to comment on "जीवन विज्ञान जाऊँ न साथी जीवन विज्ञान जाऊँ"