जिसस प्रमुखलाई गाउँ जान सुनखानीमा अवरोध

चरिकोट–कालिन्चोक गाँउपालिकाको गाँउसभामा सहभागी हुन हिडेका जिसस प्रमुख पाण्डेलाई सुनखानीबासीले अवरोध गरेका छन् । शुक्रबार कालिन्चोक गाँउपालिकाको गाँउसभामा सहभागी हुन लापिलाङ जान लागेका जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेलाई सो गाँउपालिकाका वडा ७ र ८ का स्थानीय नियन्त्रणमा लिई शुक्रबार दिनभर बन्दी बनाएका थिए । स्थानीयको अबरोधका कारण उनी गाँउसभा सहभागी भने भएन् ।
गाँउसभामा जान स्थानीयले अबरोध गरेपछि उनी प्रहरीको सहयोगमा छुटेर चरिकोट आइपुगको छन् । उनी श्रीमती शान्ता पाण्डेसँगै लापिलाङ जान लागेका जाँदै थिए । विहान चरिकोटबाट आफ्नै गाउँ लापिलाङ हिडेका थिए । पाण्डे कालिञ्चोक गाउँपालिका वडा नं. ६ का वडा सदस्य समेत हुन् । सभामा वडा नंं. ९ सुन्द्रावतीका ४ जनाको उपस्थिति छ ।
पाण्डे सहितका केही गाउँपालिकाका वडाअध्यक्ष र सदस्यहरु उपस्थिति नभएपछि दिनभर गाउँ सभा सुरु हुन सकेन । गाउँ सभामार्फत गाउँपालिकाका लागि आवश्यक विधेयकहरु पास गर्ने र गाउँपालिकाको केन्द्र समेत टुङ्गो लगाउने योजना छ । लापिलाङमा गाउँ सभामा पुगेका एक सदस्यका अनुसार वडा नंं ७ र ८ का गाउँपालिका उपाध्यक्ष कालिका पाठक सहित कोही सहभागी भएनन् । त्यस्तै वडा नंं ३ लामिडाँडाका वडाअध्यक्ष र सदस्यहरु समेत सभामा सहभागी नभएको उनले बताए ।
गाउँपालिका अध्यक्ष विनकुमार थामीले भने दिउँसोबाट गाउँ सभा सुरु भएको साँझसम्म विभिन्न विधेयकहरु माथि छलफल जारी रहेको बताए । सुनखानीमा गाउँ सभा असुरक्षित हुने भएपछि अध्यक्ष पक्षले लापिलाङमा गाउँ सभा राखेको हो । लापिलाङ पनि गाउँपालिका केन्द्रको प्रस्तावित एक स्थान हो ।
गाउँपालिका केन्द्रलाई साविक अस्थायी कार्यालय भएकै ठाउँ आसपास राख्नु पर्नेमा उपाध्यक्ष पाठक सहित वडा नं. ७, ८ र ९ का वडाअध्यक्ष सहितका जनप्रतिनिधिहरु रहेका छन् । त्यस्तै साविकको स्थान पायक नपर्ने भन्दै लापिलाङ वा खुरुरे राख्नु पर्छ भन्नेमा वडा नं. १, २, ३, ४, ५ र ६ का वडा अध्यक्षहरु सहितका जनप्रतिनिधिहरु रहेका छन् । यही विवादले २ साता अघि अध्यक्ष विनकुमार थामीमाथि कार्यालयमै आक्रमण समेत भयो ।
सुनखानीका जनप्रतिनिधिहरु सुनखानी नभए त्यसको विकल्पको रुपमा पनि छलफल थालेका छन् । उनीहरु लापिलाङ कुनै पनि हालतमा नहुने भन्दै यातायातको समेत सुगमताका आधारमा सुनखानी नभए बरु लामिडाँडाको पोखरेसम्म लचक हुने संकेत गरेका छन् । जिसस प्रमुख सुनखानीको कालिनाग क्याम्पसमा बन्धक भइरहँदा अध्यक्ष थामी गाउँ सभा सुरु गर्ने तयारीमा थिए । तर उपाध्यक्ष पाठक, माओवादी नेता गोपाल पाण्डे सहितका केही नेताहरु भने वडा नंं ३ का जनप्रतिनिधिसँग पोखरेमा छलफलमा भएको स्थानीयले जानकारी दिए ।

Shares

Be the first to comment on "जिसस प्रमुखलाई गाउँ जान सुनखानीमा अवरोध"

Leave a comment

Your email address will not be published.


*