जिसस दोलखाद्धारा स्थानीयतहको कार्यसम्पादन अनुगमन

ईश्वर बिश्वकर्मा चरिकोट–दोलखाको ६ वटा स्थानीय तहको प्रथम चौमासिक कार्यसम्पादनको जिल्ला समन्वय समितिले अनुगमन गरेको छ । जिल्लाको भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, गौरीशंकर, बैतेश्वर, तामाकोसी र विगु गाउँपालिकाको चालु आर्थिक वर्षको चौमासिक कार्यसम्पादनको समितिले अनुगमन गरेको हो ।
अनुगमनको क्रममा ६ वटै स्थानीय तहका जनप्रतिनिधी तथा कर्मचारीले आफ्नो पालिकामा भएका योजना, कार्यक्रम, प्रशासनिक कार्य, ऐन तथा कानुनको बारेमा जानकारी गराएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताए ।
जिल्लाको भीमेश्वर नगरपालिकामा चालु आर्थिक बर्ष कुल बजेट ८६ करोड ७३ लाख ४८ हजार रहेको छ । नगरपालिकामा चालु आव १८४ वटा योजना उपभोक्ता समिति मार्फत सञ्चालन हुने छन भने ११ वटा योजना बोलपत्र मार्फत सञ्चालन हुने आर्थिक प्रशासन प्रमुख जगदिश अर्यालले जानकारी गराए ।
उपभोक्ता समिति मार्फतका १८४ वटै योजनाका उपभोक्ता समितिको गठन भैसकेको छ र समितिलाई अभिमुखिकरण समेत सम्पन्न भइसकेको छ । सम्पुर्ण उपभोक्ता समितिको सम्झौता कार्तिक मसान्त भित्र सम्पन्न भइसक्ने छन् । बोलपत्र मार्फत सम्पन्न हुने योजनाहरु मध्य ४ वटाको बोलपत्र प्रकाशित भइसकेको छ । बाँकिको कार्तिक मसान्त भित्र सम्पन्न भइसक्ने नगरका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले जानकारी दिएका थिए ।

अनुगमनको क्रममा ६ वटै स्थानीय तहका जनप्रतिनिधी तथा कर्मचारीले आफ्नो पालिकामा भएका योजना, कार्यक्रम, प्रशासनिक कार्य, ऐन तथा कानुनको बारेमा जानकारी गराएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताए ।

भीमेश्वर नगरपालिकामा हालसम्म ३१ वटा ऐन, कार्यविधि, कानुन जारी भएको र आवश्यकताका आधारमा थप जारी हुने नगरप्रमुख भरत केसीले अनुगमन टोलीलाई जानकारी गराएका थिए । जिरी नगरपालिकाले चालु आर्थिक वर्षमा १०८ योजनाहरु उपभोक्ता समिती मार्फत संचालन गर्ने ३ ओटा योजनाहरु बोलपत्र मार्फत सञ्चालन गरिने जनाएको छ । उपभोक्ता समिति मार्फत सञ्चालन हुने १०८ वटै योजनाका उपभोक्ता समितीको गठन भैसकेको र सम्पुर्ण योजनाको सम्झौता कात्तिक मसान्त भित्र सम्पन्न भइसक्ने नगर प्रमुख टंक जिरेलले जानकारी दिए । जिरि नगरपालिकामा हालसम्म २४ वटा ऐन, कार्यविधि , कानुन जारी भएको र आवश्यकताका आधारमा थप जारी हुने नगर प्रमुख जिरेलले अनुगमन टोलीलाई जानकारी गराएका थिए ।

अनुगमनको क्रममा जिल्लाको गौरीशंकर गाउँपालिकामा दरबन्दी अनुसारको कर्मचारी नभएको र त्यसले गर्दा काम गर्न समस्या भएको पाइएको छ । पालिकामा प्रशासनिक क्षेत्रमा काम गर्ने र विभिन्न वडामा वडा सचीवको दरबन्दी अनुसार नभएको, चालु आर्थिक वर्ष २०७७÷७८ का लागि पालिकाले ४४ करोड ५२ लाख बजेट अनुसारको बिकासका योजनाहरु तय भएको र १४७ योजना रहेको, १४७ योजना मध्ये २३ योजना वडाहरुले संचालन गर्ने ६ वटा बोलपत्र मार्फत गरिने र अन्य पालिका मार्फत उपभोक्त समिती मार्फत गरिने स्वयम बहादुर खड्काले अनुगमन टोलीलाई जानकारी गराएका थिए ।

बैतेश्वर गाउँपालिकाको चालु आर्थिक बर्ष १८० वटा योजना उपभोक्ता समिति मार्फत सञ्चालन हुने छन् । ११ वटा योजना बोलपत्र मार्फत सञ्चालन हुने पालिकाले जनाएको छ । उपभोक्ता समितिमार्फतका १०० वटा योजनाका उपभोक्ता समितिको गठन भैसकेको छ, भने बाँकि सम्पुर्ण उपभोक्ताहरुको सम्झौता कात्तिक मसान्त भित्र सम्पन्न भइसक्ने छ । बोलपत्रको माध्यमबाट कार्यन्वयन हुने ११ योजना मध्य ७ वटाको बोलपत्र आव्हान भैसकेको बैत्यश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णा कुमारी गौलिले अनुगमन टोलीलाई जानकारी गराएकी थिइन् ।
तामाकोसी गाउँपालिकामा चालु आर्थिक बर्षमा २ सय ७ वटा योजना उपभोक्ता समिति मार्फत् सञ्चालन हुने छन् । २० वटा गाउँपालिका मार्फत् सञ्चालन हुने पालिकाले जनाएको छ । पालिकाले उपभोक्ता समिति ८ वटा मात्र गठन गरेको छ । कोरोना कहरका कारण उपभोक्ता समिति गठन ढिला भएको र अब चाडपर्व पछाडी उपभोक्ता समितिको गठन गरि सम्झौता गरि सकिने प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्रले जानकारी दिएका छन् ।

पालिकाले आवश्यक कानुन, निती, नियमावली निर्माण गरेको छ । पालिकाको बजेट ६७ करोड भन्दा बढि रहेको छ । जि.स.सको अनुगमन टोलीले विकास निर्माणको निर्णय र कार्यान्वयन प्रक्रियामा जनसहभागिता बढाइ तोकिएकै समयमा कार्सम्पन्न गराउने गरि योजना बनाउन र विकास निर्माण कार्यलाई सन्तुलित गराउन भुमिका खेल्न पालिकालाई सुझाव दिएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख पाण्डेले बताए । कालिञ्चोक गाउँपालिकामा दशैँ अगाडी नै अनुगमन गरिने उनले बताए । शैलुङ र मेलुङ गाउँपालिकामा भने दशैँपछि अनुगमन गरिने जि.स.स दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "जिसस दोलखाद्धारा स्थानीयतहको कार्यसम्पादन अनुगमन"

Leave a comment

Your email address will not be published.


*