जिल्ला सहकारी संघ लिमिटेडद्धारा शेयर निष्काशन रोक्न माग

चरिकोट–माथिल्लो तामाकोसी जलविद्युत अयोजना शेयर निष्काशन प्रक्रिया तत्काल रोक्न माग गरिएको छ । जिल्ला सहकारी संघ लिमिटेड दोलखाले सो सोमबार प्रेस विज्ञप्ती निकाल्दै आर्थिक वर्षको अन्त्य समय भएको र सहकारी संस्थाको क्लोजिङको भएकोले सहकारी संस्थाले शेयर धनीको बचत फिर्ता गर्न कठिन भएको हाल स्थगित गर्न माग गरेको छ । त्यसैगरी वर्षा तथा बाढी पहिरो र खेतिको मुख्य समयमा गरिएको शेयर आव्हान–पत्र तत्काल स्थगित गर्न प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । कम्तिमा वर्षायाम सकिए पछि मात्रै दोलखाली जनताको लागि शेयर निष्काशन गर्नूृ पर्ने शेयर निष्काशन गर्दा आवेदन भर्ने समय अवधि कम्तिमा एक महिनाको राख्न ध्यानकर्षण गराइएको छ । विज्ञप्तीमा अहिले तोकिएको बैकबाट प्रक्रिया झन्झटीलो भएकोले जिल्लाका सबै स्थानीय सरकारका वडा तहमा सहकारी संस्थाहरुसंग साझेदारी गरि सोहि मार्फत सरल र सहज ढंगबाट शेयर आवेदन फारम भर्ने व्यवस्था मिलाउनु पर्ने जनाइएको छ । त्यसैगरी दोलखा जिल्लावासी नागरिकहरुलाई शेयर लगानी गर्न सहज वातावरण सिर्जना गर्न सम्बन्धित पक्षसंग जोडदार माग गरिएको उल्लेख गरिएको छ । दोलखाबासीका लागि छुट्याईएको १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर दोलखाबासीले सतप्रतिशत उपयोग गर्ने वाताबरण वनाउनू पर्ने प्रेस विज्ञप्तीमा जनाइएको छ । निकै छोटो अबधि राखेर गरिएको आव्हान–पत्रमा दोलखाका सबै जनताको सेयर लगानी सुनिश्चित गर्नको लागि आवश्यक पुर्व तयारी नभएको जनाइएको छ । त्यसैगरी आर्थिक वर्षको अन्तिम समय तथा सहकारी संस्थाहरुले सेयर सदस्यले जम्मा गरेको रकम पनि फिर्ता गर्न नसक्ने अबस्था भएको विज्ञप्तीमा उल्लेख छ । सहकारी संस्थाहरुमा तरलता अभाव, भूकम्प पिडित नागरिकहरु आ–आफ्नो घर निर्माणमा व्यस्त भएको, वर्षा याम र बाढी पहिरोको जोखिम लगाएतका विविध कारणले कतिपय बस्तिका जनताहरुको शहर बजारसम्म पहुँच हुन नसक्ने तथा किसानहरु खेतिपातिमा व्यस्त रहनेबेला शेयर आव्हान गर्नुले अधिकाँश जनता शेयर खरिदबाट बञ्चित हुने अवस्था पैदा हुने निश्चित रहेको देखिएको जनाइएको छ ्।
हाल दोलखा जिल्लामा रहेका सहकारीमा सदस्यहरुबाट करिब ७ अरब भन्दा बढी पूँजी परिचालन भएको छ भने दोलखा जिल्लामा ८६ हजार ९ सय ८६ पुरुष ९८ हजार ५ सय ५० महिला गरि जम्मा १ लाख ८५ हजार ५ सय ३६ जना सदस्य दोलखाका सहकारीमा आबद्ध भएको तथ्याङ्क रहेको जनाइएको छ । माथिल्लो तामाकोसी जलविद्युत अयोजनाले हालै आव्हान–पत्रमा०७५ असार २४ गतेदेखि साउन ९ गते सम्म माथिल्लो तामाकोशी आयोजनाको सेयर आवेदन फाराम भर्न सुचना निकालेको छ ।

Shares

Be the first to comment on "जिल्ला सहकारी संघ लिमिटेडद्धारा शेयर निष्काशन रोक्न माग"

Leave a comment

Your email address will not be published.


*