जिल्ला सहकारी संघ दोलखाको १७ औं साधारणसभा सम्पन्न

चरिकोट -दीस । जिल्ला सहकारी संघ दोलखाको १७ औं साधारणसभा विहिबार चरिकोटमा सम्पन्न भएको छ । साधारणसभाको दोलखाबाट प्रतिनिधिसभाका सांसद गंगा कार्कीले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा आफ्नो मन्तब्य ब्यक्त गर्नुहुँदै सांसद कार्कीले दोलखा जिल्लालाई पर्यटन र कृषि क्षेत्रको माध्यमबाट समृद्व बनाउन सकिने बताउनु भयो । दोलखाका सहकारीलाई रोजगारी दिने क्षेत्रमा लगानी गर्न उहाँले आग्रह गर्नु भएको थियो । सोही साधारण सभालाई सम्बोधन गर्दै मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरले सहकारीले आय स्तर कम भएकालाई जीवन स्तर सुधार गर्ने कार्यक्रममा लगानी गर्नु पर्ने बताउनु भयो । विधि, प्रविधि र पद्धतिमा रहेर सञ्चालन भए सहकारीमा समस्या नआउने उहाँले बताउनु भयो । सहकारीले जग्गा, गाडी लगायतका अनुत्पादक क्षेत्रमा लगानी गर्न नहुने तथा उत्पादन र परिणाममुखी क्षेत्रमा लगानी गर्न उहाँले सुझाव दिनुभयो । सहकारीले आर्थिक पारदर्शिता र मितव्ययिता कायम गरी सहकारीको माध्यमबाट ग्रामीण अर्थतन्त्र सुधार गर्ने योजना ल्याउनु पर्नेमा थोकरले जोड दिनु भयो ।
जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईले दोलखा सहकारीको हवको जिल्लाको रुपमा विकास भएको बताउनु भयो । सरकारले सहकारी क्षेत्रमा राम्रो नीति नवनाउँदा यो क्षेत्रमा अन्योलता कायम रहेको बताउनु भयो । दोलखामा सहकारी मार्फत १५ अर्वको कारोबार भइरहेको उहाँले बताउनु भयो । दोलखामा छिटफुट बाहेक सहकारी क्षेत्रमा खासै समस्या नभएकको उहाँको दाबी थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा , सहकारी संघ बागमति प्रदेश का महासचिव भीम प्रसाद दहाल , केन्द्रीय बचत तथा ऋण सहकारी संघका संचालक जीवसराज खड्का, जिल्ला सहकारी संघका पुर्व अध्यक्ष शिवजी राउत ,जिल्ला सहकारी संघका उपाध्यक्ष देवी शर्मा फुयाल, महासचिव कृष्ण प्रसाद दहाल लगायतले मन्तव्य गर्नु भएको थियो ।
सभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने सहकारी संस्थाको रुपमा हाम्रो गर्ने जनकल्याण बचत तथा ऋण सहकारी संस्था,उत्कृष्ट सहकारी संस्थाको रुपमा सूर्योदय सहकारी बचत ऋण सहकारी संस्था, उत्कृष्ट शेयर खरिदकर्ता मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था, र गौरीशंकर सहकारी बहुद्देश्यीय सहकारी संस्थालाई सम्मान गरिएको छ ।उत्कृष्ट व्यवस्थापकको रुपमा जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल, उत्कृष्ट कर्मचारीहरु जनहित बहुद्देश्यीय सहकारी संस्थाका सिर्जना न्यौपाने, अर्थभुमी बचत तथा ऋण सहकारी संस्थाका सुवास श्रेष्ठ, दीक्षण दैनिकका सम्पादक श्रृजन कुमार घिमिरे, जिल्ला सहकारी संघको पूर्व सञ्चालक समितिका पार्वती श्रेष्ठलाई सम्मान गरिएको छ भने सहकारी अभियन्ता पुरस्कार त्रिपुरा महिला बचत तथा ऋण सहकारी संस्थाका सोममाया श्रेष्ठलाई प्रदान गरिएको छ ।

Shares

Be the first to comment on "जिल्ला सहकारी संघ दोलखाको १७ औं साधारणसभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*