जिल्ला सहकारी संघ दोलखाको साधारणसभा आजबाट सूरु

चरिकोट (अनिल दहाल ) –जिल्ला सहकारी संघ लिमिटेड दोलखाको १५ औ वार्षिक साधारण सभा सोमबारबाट सुरु भएको छ । सभाको राष्ट्रिय सहकारी महासंघका सञ्चालक समितिका सदस्य डि वि बस्नेतले उद्धघाटन गर्दै बस्नेतले दोलखा जिल्ला सहकारीको उर्वर भुमि भएकोले सहकारीले सदस्यको मन जितेर संस्था सञ्चालन गर्न आग्रह गरे ।दोलखा जिल्ला सहकारी संघ अन्य जिल्लाको संघ भन्दा उत्कृष्ट संघ भएको उनको भनाई रहेको छ । संघले सदस्यहरूको मन जितेको र सामाजिक काममा पनि उदाहरणीय भएको बताए । उनले े संघले गरेको बिभिन्न सामाजिक कामको समेत प्रसंशा गरेका थिए । संघका अध्यक्ष हेमन्त चौलागाईंले सहकारीलाई सहयोग गर्न जुन सुकै समयमा पनि आफु तयार भएको बताए ।दोलखामा संघले सहकारीको बिकासको लागि समन्वय गर्दै आएको चौलागाईंको भनाई रहेको छ ।
जिल्ला सहकारी संघ लि दोलखाका अध्यक्ष हेमन्त चौलागाईंको अध्यक्षतामा सुरू भएको कार्यक्रममा बागमती प्रदेश सहकारी संघ लिका महासचिव भिम प्रसाद दहाल,दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष भुमिराज खड्का,दोलखा जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिका श्यामकाजी कटुवाल ,कृषि सहकारी संघ लि का अध्यक्ष अम्विका गोले ,नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामाले शुभकामना मन्तब्य दिएका थिए । सभामा उपाध्यक्ष देवि शर्माले सहकारी संघको प्रतिबेदन प्रस्तुत गरेका थिए । लेखा सुपरिवेक्षण समितिका संयोजक रत्न बहादुर श्रेष्ठले लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए । महासचिव कृष्ण प्रसाद दहालले कार्यक्रम प्रस्तुत गरेका थिए ।

 

Shares

Be the first to comment on "जिल्ला सहकारी संघ दोलखाको साधारणसभा आजबाट सूरु"

Leave a comment

Your email address will not be published.


*