दीक्षण समाचार
चरिकोट, माघ ११
जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि शान्ति सुरक्षा तथा अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गर्ने भएको छ । आइतबारदेखि आलोपालो सेवा दिईरहेको कार्यालयले आफ्ना केही कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि अत्यावश्यक बाहेकक अन्य सेवा बुधबारदेखि १६ गतेसम्म बन्द गर्ने भएको हो । कोरोना भाइरसको तेस्रो लहर अन्तर्गत ओमिक्रोन भाइरस बढिरहेको बेला प्रशासन कार्यालयमा केही कर्मचारीमा कोरोना पुष्टि भएकाे र केही कर्मचारीमा कोरोनाको लक्षण देखिएकोले सेवा प्रवाह बन्द गरिएको बताइएको छ । कार्यालयले एक सूचना जारी गर्दै सेवा प्रवाह स्थगित गरिएको सूचित गरेको हो । प्रशासकीय अधिकृत औलाख बहादुर आलेका अनुसार कोरोना संक्रमण भएका कर्मचारीहरु होमआइसोलेसनमा बसेका छन् ।
Be the first to comment on "जिल्ला प्रशासन कार्यालय दोलखाको सेवा बन्द"