जिल्ला प्रशासन कार्यालयद्धारा कुरीमा घर टहरा हटाउन निर्देशन

चरिकोट –जिल्ला प्रशासन कार्यालय दोलखाले कालिञ्चोक मन्दिर आसपास तथा कुरी क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण बढेको भन्दै अनाधिकृत रुपमा बनाइएको घर टहरा तथा भौतिक संरचना हटाउन निर्देशन दिएको छ । आज प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालद्धारा हस्ताक्षरित सुचना जारी गर्दै २०७५ भदौ १४ गतेको भएको सम्झौता विपरित अतिक्रमण बढेको जनाएको छ । सम्झौता विपरित सार्वजनिक जग्गा अतिक्रमण गर्दै घर टहरा बनाएमा कानुन बमोजिम कारवाही हुने जनाएको छ । विगत वर्षदेखि सो क्षेत्रमा अनाधिकृत रुपमा बनाइएको घर टहरा हटाउन जिल्ला प्रशासन कार्यालय दोलखाले अनुरोध गरेको हो । जग्गा अतिक्रमण नियन्त्रणका ला िग सरोकारवाला समेतको उपस्थितिमा भदौ १४ गतेको निर्णयलाई बेवास्ता गरी कोही कसैले उक्त क्षेत्रमा जग्गा अतिक्रमण गरी घर टहरा निर्माण गरेको भए हटाउन कार्यालयले आग्रह गरेको छ । कार्यालयले जग्गा अतिक्रमण गरी घर टहरा बनाईरहेको भए तुरुन्त सो कार्य रोक्न सुसुचित गरेको छ । सुचनाको बेवास्ता गरी सो क्षेत्रका सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने सुचनामा उल्लेख छ । कालिञ्चोक मन्दिर आसपास तथा कुरीका जग्गा अतिक्रमण गरि अनाधिकृत बस्ति विकास भइरहेको प्रति कार्यालयको ध्यानाकर्षण भएको सुचनामा बताइएको छ । ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पर्यटकिय धरोहर कालिञ्चोक मन्दिरले दोलखाको पर्यटन क्षेत्रमा महत्वपुर्ण भुमिका रहेकाले सो आसपासका सार्वजनिक जग्गाको सबैले संरक्षण र संम्बद्र्धन गर्नुपर्ने सुचनामा उल्लेख छ । यस अघि भदौमा जिल्ला प्रशासन कार्यालय सहित बसेको सर्वपक्षिय बैठकले कुरी क्षेत्रमा ४० घर भन्दा नबढाउने सहमति भएको थियो । ससहमति भए पनि सहमति विपरित हाल सार्वजनिक जग्गा अतिक्रण दिनौ जस्तै रहेको स्थानीयले बताउदै आएका छन । अतिक्रमण गर्दै दिनौ घर टहरा निर्माण हुदै आएको छ ।

Shares

Be the first to comment on "जिल्ला प्रशासन कार्यालयद्धारा कुरीमा घर टहरा हटाउन निर्देशन"

Leave a comment

Your email address will not be published.


*