जिल्ला अदालत दोलखामा १ सय बढी सम्बन्ध बिच्छेदको मुद्दा दर्ता

ईश्वर बिश्वकर्मा
चरिकोट, माघ २५
जिल्ला अदालत दोलखामा १ सय भन्दा बढी सम्बन्ध बिच्छेदको मुद्दा दर्ता भएको छ ।
गत बर्ष जिम्मेवारी सरि आएको ५७ र चालु आर्थिक वर्षको माघ ९ सम्ममा ८० गरि १ सय ३८ थान मुद्दा दर्ता भएको हो ।
अदालतका अनुसार दर्ता भएका मुद्दा मध्ये ३१ वटा फर्यौट भएको छ । अर्थात् ३१ जोडिले सम्बन्ध बिच्छेद गरेका छन् । चालु आवमा परेका ८० थानमध्ये ४७ थान महिलाले र ३४ थान पुरुषले मुद्दा दर्ता गराएको अदालले जनाएको छ । २०७४ भदौ १ देखि पुरुषले पनि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पाउने प्रावधानसहितको संहिता लागू भए पनि अदालतमा दर्ता भएका मुद्धामा पुरुष भन्दा महिलाको सङ्ख्या बढी रहेको अदालतका सुचना अधिकारी एकरामुल हकले बताए ।
मुलुकी देवानीसंहिता २०७४ को दफा ९६ मा सम्बन्धविच्छेद गर्न चाहने पति वा पत्नीले अदालतमा निवेदन दिन सक्नेछ भन्ने उल्लेख छ । ऐनले एकवर्ष मेलमिलापका लागि कुर्ने भनेको भए पनि त्यसपछि सम्बन्धविच्छेदमा जाने भएकाले समाजमा विकृति बढेर जानेमा उनले चिन्ता व्यक्त गरे । बाबुआमा सम्बन्धविच्छेद गरेपछि उनीहरुका सन्तानलाई हुने असरका बारेमा समयमा नै सोच्न नसकिएमा समाजमा विकृतिको अवस्था सिर्जना हुने छ । सम्बन्धविच्छदेका लागि महिला, पुरुष दुवैतर्फबाट मुद्दा दर्ता हुनेक्रम बढेको छ। सम्बन्ध विच्छेद बढ्नुको मुख्य कारण वैदेशिक रोजगारी, गरिबी, झैझगडा र स्वतन्त्र रहनु चाहनु रहेको उनले बताए ।
त्यसैगरी माघ २३ गतेसम्म अदालतमा करणी सम्बन्धि १९ थान मुद्दा दर्ता भएकोमा २ थान मात्र फर्यौट भएको छ । चोरीका १३ थान मुद्दा दर्ता भएकोमा फर्यौट हुन बाँकी रहेको छ ।

Shares

Be the first to comment on "जिल्ला अदालत दोलखामा १ सय बढी सम्बन्ध बिच्छेदको मुद्दा दर्ता"

Leave a comment

Your email address will not be published.


*