जिल्ला अदालत दोलखामा देवानी प्रकृतीका आधा मुद्धा मात्र फर्छयौट

file photo

ईश्वर बिश्वकर्मा /चरिकोट, –दोलखा जिल्ला अदालतले अदालतमा दर्ता भएका देवानी प्रकृतिको मुद्धा फर्छयौट आधा मात्रै गरेको छ । अदालतमा दर्ता भएका कुल २ सय ९८ मुद्धा मध्ये १ सय ८ मात्रै अदालतले फर्छयौट गरेको हो । गत वर्ष दर्ता भएका मुद्धा मध्ये पर्छयौट हुन बाँकी १ सय ४१ र चालु आर्थिक वर्षको १ सय ५७ गरी २ सय ९८ देवानी मुद्धा मध्ये १ सय ८ वटा मात्र फर्छयौट भएको अदालतले जनाएको छ । गत वर्षको बाँकी मुद्धामा ६२ र चालु आर्थिक वर्ष गरि सो संख्यामा देवानी प्रकृतिका मुद्धा फर्छयौट गरिएको छ । गत वर्षको ७९ र चालु वर्षको १ सय ११ गरि १ सय ९० वटा मुद्धा फर्छयौट गर्न बाँकी रहेको जिल्ला अदालत दोलखा जनाएको छ । चाँलु आर्थिक वर्षको १ सय ११ गरि १ सय ९० देवानी प्रकृतिका मुद्धा प्रक्रियामा रहेको अदालतले जनाएको छ । अदालतका अनुसार स्थानीय तहको न्यायिक समिति र मेलमिलाप केन्द्रमा फैसला गर्न नमिल्ने प्रकृतिका मुद्धा अदालतमा आएका छन् । अदालतले जनाएअनुसार जग्गा खिचलो, लेनदेन, अंश, दान बकस, सम्बन्ध विच्छेद लगायत देवानी प्रकृतिका मुद्धा अदालतमा दर्ता भएका छन् । अदालतमा गत वर्षको बाँकी र चालु वर्ष दर्ता भएका साधारण फौजदारी मुद्धा जम्मा ५६ वटा मध्ये १० वटाको फर्छयौट भएको छ, भने ३१ वटाको फर्छयौट हुन बाँकी रहेको अदालतका स्रेस्तेदार शाखा अधिकृत सुमन प्रसाद कुशवाहले बताए ।उनका अनुसार विवाहसम्बन्धी कसूर, कुटपिट वा अङ्गभङ्गसम्बन्धि कसूर, चोरी तथा डाँकासम्बन्धी कसूर, गालीबेइज्जती सम्बन्धि कसूर, अपाराधिक कसूर फौजदारी मुद्धाहरु दर्ता भएका छन् । देवानी प्रकृतिका भन्दा फौजदारी प्रकृतिका मुद्धाहरु अदालतमा कम परेको स्रस्तेदार शाखा अधिकृत कुशवाहले जानकारी दिए ।त्यसैगरी सरकारवादी फौजदारी मुद्धा ७१ मध्ये १९ वटा फर्छयौट भएको छ, भने बाँकी ५३ वटा मुद्धा प्रक्रियामा रहेको उनले बताएका छन् ।अदालतमा ४ सय २८ वटा मुद्धा दर्ता भएका मध्ये १ सय ५३ फर्छयौट भएका छन्, भने २ सय ७५ वटा प्रक्रियामा रहेको दोलखा जिल्ला अदालतले जनाएको छ ।

Shares

Be the first to comment on "जिल्ला अदालत दोलखामा देवानी प्रकृतीका आधा मुद्धा मात्र फर्छयौट"

Leave a comment

Your email address will not be published.


*