जिरी –संघिय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दोलखाको जिरी “स्वर्गको टुक्रा ”भएको बताएका छन । विजया दशमी र दिपावलीको अवसर पारेर युवा सञ्जाल जिरीले शुक्रबारदेखि दोलखाको जिरी बजारमा ‘स्ट्रिट फुड फेस्टिभल’ को आज उद्धघाटन मन्त्री भट्टराईले जिरीको पर्यटन विकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । भट्टराईले भने, ‘आन्तरिक र बाह्य पर्यटकको आकर्षण केन्द्र जिरीमा अबरुद्ध हवाई सेवा सुचारु गर्न पहल गर्नेछु । ’सरकारले आन्तरिक पर्यटन विकास गर्न स्वदेशको भम्रणमा जोड दिएको बताए । कार्यक्रममा पूर्व राज्यमन्त्री तथा नेकपाका जिल्ला इन्चार्ज देवी खड्का, जिल्ला समन्वय समितिका उपप्रमुख मनमाया जिरेल, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल ,सामुदायिक रेडियो प्रचार संघमा कोषाध्यक्ष लक्ष्मण खडका लगायतले आफ्नो मन्तव्य दिएका थिए ।
कार्यक्रममा जिरीको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने पत्रकार अमृत भादगाउँले, मन्थली उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापा, निर्माण व्यवसायी नारायण प्रधान र जिरीका युवा पासाङ शेर्पालाई सम्मान गरिएको थियो । महोत्सवमा खानाका विभिन्न परिकार राखिएको छ । फेस्टिभल’ ३ दिनसम्म चल्ने युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्र ज्योती खडकाले जानकारी दिए ।
Be the first to comment on "जिरी “स्वर्गको टुक्रा हो –पर्यटन मन्त्री भट्टराई"