जिरी नगरपालिकाले बेवारिसे शव व्यवस्थापन गर्न रकम दिने

दीक्षण समाचार
चरिकोट, माघ २६
दोलखाको जिरी नगरपालिकाले बेवारिसे शव व्यवस्थापनका लागि रकम उपलब्ध गराउने भएको छ । हकवाला वा आफन्त नभएको शवको व्यवस्थापनका गर्न नगरपालिकाले दश हजार रुपैयाँ उपलब्ध गराउने भएको हो ।
दुर्घटना, प्राकृतिक विपद् वा अन्य कुनै कारणबाट मृत्यु भई पहिचान हुन नसकेका वा हकवाला वा आफन्त फेला पार्न नसकी बेवारिसे अवस्थामा रहेको शवको व्यवस्थापन गर्न रकम उपलब्ध गराइने नगरले जनाएको छ । नगर प्रमुख मित्र जिरेलले ९ गते बसेको कार्यपालिका बैठकमा यस्तो निर्णय निर्णय गरिएको बताउनुभयो । बैठकले दुर्घटनाका कारण मृत्यु भएका मृतकको व्यवस्थापनका लागि निशुल्क शवबाहन उपलब्ध गराउने निर्णय गरेको छ। शव पोष्टमार्टम गर्न र अन्तिम संस्कारका लागि लैजान शवबाहन निशुल्क उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख जिरेलले जानकारी दिनुभयो । त्यसै गरी विपन्न दलित महिलाहरुलाई प्रसुति सेवाका लागि अस्पताल जानआउन निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

Shares

Be the first to comment on "जिरी नगरपालिकाले बेवारिसे शव व्यवस्थापन गर्न रकम दिने"

Leave a comment

Your email address will not be published.


*