ईश्वर बिश्वकर्मा
चरिकोट, असार २४
दोलखाको जिरी नगरपालिकाको आन्तरिक सबै सडकहरुमा ट्याक्टर लगायतका भारी सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ ।
ठुला तथा भारी किसिमका सवारी साधन गुडाउदा सडक बिग्रने भएकाले साउन १ गतेखि भदौ मसान्तसम्म २ महिना त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाइने भएको हो ।
नगरले बुधबार एक सुचना जारी गर्दै जिरी नगरपालिका भित्रको लामोसाँगु– जिरी सडक हुदैँ खिम्ती पुल सम्मको राज मार्ग बाहेकाका सबै आन्तरिक सडकहरुमा भारी सवारी साधन सञ्चालनमा रोक लगाइने जनाएको छ । एम्बुलेन्स र बोलेरो गाडी बाहेक अन्य भारी सवारी साधन सञ्चालन रोक लगाइने नगर प्रमुख टंक जिरेलले बताए ।
उक्त कुरालाई उल्लघंन गरि निषेधित सडकहरुमा भारी सवारी साधन सञ्चालन गरेको पाइएमा पटकैपिच्छे ५ हजार जरिवाना तिर्नुपर्ने उनले बताए । उनले वर्षायाममा ट्याक्टर लगायतका भारी सवारी साधन नगरको सोलिङ र पिच भएका सडकमा चलाउदा सडक बिग्रने भएकाले त्यस्ता सवारी साधन सञ्चालन गर्न २ महिना रोक लगाइने उनले बताए ।
Be the first to comment on "जिरी नगरपालिकामा ः २ महिना ट्याक्टरसहित भारी सवारी साधन सञ्चालनमा रोक"