जिरी उद्योग वाणिज्य संघमा बाबुराजा श्रेष्ठको नेतृत्वमा नयाँ नेतृत्व निर्वाचित

चरिकोट (दीस) – जिरी उद्योग वाणिज्य संघको अध्यक्षमा बाबुराजा श्रेष्ठ निर्वाचित हुनु भएको छ । संघको पाँचौ वार्षिक साधारणसभामा नयाँ नेतृत्व लागि भएको निर्वाचनमा गेल्वु शेर्पालाई हराउँदै श्रेष्ठ निर्वाचित हुनु भएको हो । श्रेष्ठले ९७ मत र शेर्पाले ८२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी संघको प्रथम उपाध्यक्षमा आङगेल्जी शेर्पा ,द्धितिय उपाध्यक्षमा शिवसकुमार बस्नेत विजयी हुनु भएको छ । महासचिवमा अनिल कार्की, सचिवमा सुमन शामी, कोषाध्यक्षमा सुरज खड्का निर्वाचित हुनु भएको छ । यसैगरी, सदस्यहरुमा गया श्रेष्ठ, यामबहादुर खत्री, दिपेन्द्र खड्का, र पेमाटुण्डु शेर्पा निर्वाचित हुनु भएको छ ।

Shares

Be the first to comment on "जिरी उद्योग वाणिज्य संघमा बाबुराजा श्रेष्ठको नेतृत्वमा नयाँ नेतृत्व निर्वाचित"

Leave a comment

Your email address will not be published.


*