जिरी अस्पतालमा चार वेडको आइसोलेसन कक्ष निर्माण

चरिकोट(दीस) –दोलखाको जिरी नगरपालिकाले कोरोना भाइरसको उपचार गर्न जिरी अस्पतालमा चार वेडको आइसोलेसन कक्ष निर्माण गरेको छ । जिरीमा रहेको जिरी अस्पतालमा आधुनिक उपचार कक्ष सहित ४ बेडको आइसोलेसन कक्ष निर्माण गरिएको नगरपालिकाका प्रमुख टंक जिरेलले बताउनु भयो । नगरपालिकाले आइसोलेसनमा आवश्यक पर्ने औषधी उपकरण तथा सुरक्षित सामग्री सहित डाक्टरको टोली तयारी अवस्थामा राखिएको प्रमुख जिरेलले बताउनु भयो ।नगरपालिका भित्र विभिन्न वडाहरुमा ५० जना स्वास्थ्य कर्मीहरु परिचालन गरिएको नगरपालिकाले जनाएको छ । थप उचार लागि नगरपालिकाले जिरी प्राविधीक शिक्षालयको छात्रावासमा ५० वेडको क्वारेन्टाईन वनाएको छ ।

Shares

Be the first to comment on "जिरी अस्पतालमा चार वेडको आइसोलेसन कक्ष निर्माण"

Leave a comment

Your email address will not be published.


*