जिरी– दोलखाको जिरी नगरपालिकामा ४५ दिने होजियारी तालिम मंगलबार सम्पन्न भएको छ । जिरी नगरपालिकाको आयोजना र जिरी नगरस्तरीय महिला मञ्चको सहयोगमा भएको तालिममा ९ वटा वडा रहेको पालिकाका प्रत्येक वडाका २–२ जना गरि १८ जनाको सहभागिता रहेको थियो ।चन्द्र लक्ष्मी प्रजापति र राम प्रसाद वैद्यले तालिममा सहभागीहरुलाई मेशिनबाट टोपी, स्वीटर, हाइनेक, मखमल निर्माण सम्बन्धि प्रशिक्षण दिएका थिए । तालिम कार्यक्रममा बोल्दै नगर प्रमुख टंक जिरेलले व्यत्तिले चाहेको उद्यम गर्नुपुर्व सीप सिक्नु जरुरी रहेको बताए । सानो लगनाीमा होजियारी उद्योग सञ्चालन गर्न सकिने र आम्दानी पनि राम्रो गर्न सकिने भएकोले यसतर्फ महिलाको आकर्षण बढाई स्वरोजगार बनाउन तालिमको आयोजना गरिएको उनले बताए । नगर उपप्रमुख कृष्णमाया बुढाथोकीले महिलाहरुको क्षमता बृद्विका लागि तालिमको आयोजना गरिएकोले तालिमबाट सिकेका कुरालाई सदुपयोग गरि सफल उद्यमी बन्न सहभागीलाई अनुरोध गरिन् । तालिम माघ ४ गतेबाट सुरु भएको थियो ।
जिरीमा होजियारी तालिम सम्पन्न
TOPICS:स्थानीय सरकार
Posted By: दीक्षण दैनिक १९ फाल्गुन २०७७, बुधबार १९:०३
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "जिरीमा होजियारी तालिम सम्पन्न"