एजेन्सी
म जब सानो थिएँ, अत्यन्तै स्वार्थी थिएँ र आपनो लागि मात्रै सोच्ने गर्थें । अन्ततः मलाई सबैले छोड्दै गए, साथीहरूले समेत छोडे । मैले कहिल्यै पनि आफ्नो गल्ती देखिनँ, सधैं आफ्ना दोषहरु अरुमाथि पन्छाएँ र उनीहरूको आलोचना मात्र गरें।
तर मेरा बुबाले मलाई केही महत्त्वपूर्ण सिद्धान्तहरु सिकाए ।
एक दिन मेरा बाबुले चाउचाउ पकाए र दुईटा कचौरामा टेबुलमा राखे । एउटा कचौरामा एउटा अन्डा थियो, तर अर्कोमा चाहिँ थिएनँ । बाबुले मलाई एउटा कचौरा रोज्न अह्राए । त्यसबेला बखत अण्डा खाने अवसर आकलझुकल मात्र जुर्थ्यो, त्यो पनि चाडपर्वमा वा नयाँ वर्षमा । स्वभाविक रुपमा मैले अण्डा भएको कचौरा रोजें । जसै हामीले खान शुरु गर्यौं, म मेरो बुद्धिमत्तापूर्ण निर्णय÷चयनमा पुलकित हुँदै खुसीका साथ अण्डा खाएँ । तर मलाई आश्चर्यचकित पार्ने कुरा, जसै मेरा बुबाले चाउचाउ खाए, उनको चाउचाउको पिँघमा त दुईवटा अण्डाहरु पो थिए । मलाई अत्यन्तै पश्चाताप भयो । र, मैले आफैलाई हत्तारिएर निर्णय लिएको पो हकारें ।
मेरा बुबा मुस्कुराए र मलाई भने, ‘मेरा छोरा, तिमीले याद राखिराख, तिम्रा आँखाले देखेको कुरा सत्य नहुन पनि सक्छ । तिमीले अरुबाट फाइदा लिने सोच्यो भने अन्तत तिमीले गुमाउनुपर्ने हुन्छ ।’
अर्को दिन मेरा बुबाले फेरि दुई कचौरा चाउचाउ पकाए, एउटामा माथि अण्डा थियो भने अर्कोमा थिएन । यस पटक पनि उनले दुइटै कचौराहरुलाई टेबुलमा राख्दै मलाई भने,
‘मेरा छोरा, तिमी नै रोज । तिनी कुन कचौरा चाहन्छौ ?’
यसपटक म अलि बाठो भएको थिएँ । मैले माथि अण्डा भएको कचौरा रोजे । तर मलाई आश्चर्यचकित पार्ने कुरा, जसै मैले माथिका चाउचाउलाई पन्छाएर हेरें, त्यसको पिँधमा एउटा पनि अण्डा थिएन । यस पटक पनि मेरा बुबा मुस्कुराए र मलाई भने, ‘मेरा छोरा, तिमी सधैं आफ्ना अनुभवहरुमाथि मात्रै भरपर्नु हुन्न किनभने कहिलेकाहीँ जीवनले तिमीलाई धोका दिन सक्छ र तिमीलाई झुक्याउन पनि सक्छ । तर तिमी अति क्रोधित वा दुःखी हुन हुँदैन । यसलाई तिमीले सिकेको एउटा पाठको रुपमा लिनुपर्छ । तिमी यो कुरा पाठ्यपुस्तकबाट सिक्न सक्तैनौ ।’
तेस्रो दिन, मेरा बुबाले यसअघि जस्तै फेरि दुई कचौरा चाउमीन पकाए, एउटामा माथि अण्डा राखिएको र अर्को अण्डा नभए । उनले दुइटै कचौरालाई टेबुलमा राखे मलाई भने, ‘मेरा छोरा, तिमी रोज, कुन कचौरा तिमी लिन्छौ ?’
यस पटक, मैले मेरा बुबालाई भनें, ‘बुबा, पहिले तपाईं रोज्नुहोस् । तपाईं घरको मूली हुनुहुन्छ र परिवारको लागि सबैभन्दा बढी योगदान तपाईं नै गर्नुहुन्छ ।’
मेरा बुबाले अस्वीकार गरेनन् र माथि अण्डा राखिएको कचौरा रोजे । कचौराका चाउचाउ खादै गर्दै म मेरो अन्तरआत्मादेखि नै कुरा कुरामा निश्चित थिएँ भने मेरा कचौराभित्र अण्डा छैन । तर मलाई आश्चर्यचकित तुल्याउने कुरा, कचौराको पिँधमा त दुईवटा अण्डाहरु पो थिए !
मेरा बुबाले मायालु आँखाले हेर्दै मुस्कुराए, ‘मेरा छोरा, हमेशा याद राख, तिमी अरुप्रति राम्रो सोच्छौ भने स्वभाविक रुपमा तिमीलाई पनि सधैं राम्रो नै हुनेछ ।’
तत्पश्चत, मैले आफ्ना जीवनमा ती तीन सिद्धान्तहरुलाई अपनाएकाे छु । मैले गर्ने हरेक कामहरु, चाहे त्यो व्यक्तिगत होस् वा व्यवसायिक, मैले सधैं आफूभन्दा पहिले अरुको बारेमा सोच्ने र उनीहरुलाई नै अगाडि राख्ने गरेको छु ।
Be the first to comment on "जिनपिङले बुबासँग सिकेका तीन सिद्धान्तहरु : आफ्नो हैन, सधैं अरुको भलाइ सोच !"