जित्नेहरु पनि बढ्दैछन्

इश्वर बिश्वकर्मा
चरिकोट, जेठ ७
दोलखामा कोरोना संक्रमित हुनेको संख्या निरन्तर उकालो लागिरहेको छ । तर पछिल्ला दिनहरुमा कोरोना भाइरसबाट संक्रमित भएकाहरु निको हुने क्रम पनि बढेको छ । स्वास्थ्य कार्यालय दोलखाको आद्यवधिक तथ्याङ्क अनुसार आज ३७ जना व्यक्तिहरु कोरोनाबाट मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा २६ रुष र ११ जना महिला रहेका छन् । कार्यालयका अनुसार ९ पुरुष र ८ महिला गरी १७ जना, गौरीशंकर गाउँपालिकाका ९ पुरुष, कालिन्चोकका ५ पुरुष र १ महिला गरी ६ जना, विगुका २ पुरुष र २ महिला गरी ४ जना, तामाकोशी गाउँपालिकाका १ जना पुरुष निको भएका छन् । यो सगैँ जिल्लामा हालसम्म ८९ पुरुष र ५२ जना महिला गरी १ सय ४१ जना संक्रमण मुक्त भएका छन् ।
अाज ८६ जना नयाँ संक्रमित थपिए
जिल्लामा आज ८६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । चरिकोट अस्पतालको पिसिआर प्रयोगशालामा १ सय ९३ जनाको नमूना स्वाबको परीक्षण गरिएकोमा ८६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसअनुसार कालिन्चोक गाउँपालिकामा २५, बैतेश्वर गाउापलिकामा गरी २४ जना, तामाकोशी गाउँपालिकाका १६ जना, भीमेश्वर नगरपालिकाका १० जना, जिरी नगरपालिकाका १० जना, गौरीशंकर गाउँपालिकाका १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । हालसम्म ५ सय ७ पुरुष र ३ सय ६२ महिला गरी ८ सय ६९ जना कोरोनाबाट संक्रमित भएका छन् । १ सय ४१ जना निको भएसगैँ जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय २१ पुगेको छ । चरिकोट अस्पतालमा रहेका ३० जना बिरामी मध्ये ८ जना एचडियू मा र २२ जना आइसोलेशन वार्डमा रहेका छन् । बैतेश्वर अस्पतालमा ४ जना, तामाकोशी कोभिड अस्पतालमा ३ जना, सिंगटी अस्पतालमा ५ जना, र जिरी अस्पतालमा ६ जना आइसोलेशन वार्डमा रहेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले बताए । हालसम्म चरिकोट अस्पतालबाट १० जना बिरामी रिफर गरिएको छ । जिल्लामा हालसम्म ४ पूरुष र ३ महिला गरी ७ जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "जित्नेहरु पनि बढ्दैछन्"

Leave a comment

Your email address will not be published.


*