जिउँदा लाटोकोसेरोसहित २ पक्राउ

दोलखा : प्रतिबन्धित तथा लोपोन्मुख लाटोकोसेरोसहित २ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको छ। मोटरसाइकलमा लुकाइछिपाइ लैजाँदै गरेको २ वटा जिउँदा लाटोकोसेरोसहित २ जनालाई मंगलबार साँझ दोलखा प्रहरीले पक्राउ गरेको हो।

प्रदेश -३, ०२-०००३प३७८० नं.को मोटरसाइकलमा कार्टुनभित्र राखी लुकाइ छिपाइ बिक्री गर्ने उद्देश्यले लैजाँदै गरेको अवस्थामा तामाकोशी गाउँपालिका-१, भीरकोटबाट पक्राउ गरिएको दोलखाका प्रहरी निरीक्षक प्रदिप महतले जानकारी दिए।

विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक मन्थली नगरपालिका-१, रामेछापका २८ वर्षीय  मंगल तामाङ र पछाडि बस्ने खाँडादेवी गाउँपालिका-९, रामेछाप २८ वर्षीय रवि लामालाई पक्राउ गरिएको प्रहरी निरीक्षक महतले जानकारी दिए।

लाटोकोसेरोसहित पक्राउ परेका तामाङ र लामालाई थप अनुसन्धानका लागि बुधबार डिभिजन वन कार्यालय दोलखामा बुझाइएको प्रहरी निरीक्षक महतले जनाए।

Shares

Be the first to comment on "जिउँदा लाटोकोसेरोसहित २ पक्राउ"

Leave a comment

Your email address will not be published.


*