जातिय विभेद विरुद्ध बृहत् सहभोज कार्यक्रम

ईश्वर बिश्वकर्मा चरिकोट–दोलखाको तामाकोशी गाउँपालिका ५ सहरेमा जातिय विभेद विरुद्ध सहभोज कार्यक्रम सम्पन्न भएको छ ।दलित र गैर–दलित बिच विद्यमान छुवाछुत अन्त्यका निम्ति नेपाली कांगे्रस वडा नं ५ शहरेले मंगलबार सहभोज कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नेपाल विद्यार्थी संघका पुर्व महामन्त्री कुन्दनराज काफ्लेले उद्धघाटन गर्दै विकृति विसङ्गतिलाई निर्मुल पार्न सबै सरोकारवाला पक्षसँग सहकार्य गरिने बताए । उनले कांगे्रस छुवाछुत अन्त्य अभियान सार्थक दिन यो अभियान शहरेबाट सुरु गरिएको बताए । उनले २१ औं शताब्दीमा पनि जातिय विभेद हुनु दुखद रहेकाले नेपाली काङ्ग्रेसले छुवाछुत उन्मुलन अभियान जिल्ला भरि गरिने बताए। त्यसैगरी महिला नेत्री विनिता अधिकारीले जातिय छुवाछुत अन्त्य गर्न सवै जनता जागरुक हुनुपर्ने बताइन । उनले जातिय छुवाछुत अन्त्य गर्न महिला चनाखो हुनु पर्ने बताइन । सवैमा जागरण आएमा छुवाछुत अनत्य हुने उनकाे जाेड थियाे । कार्यक्रममा दलित समुदायसँगै गैरदलित तथा काँग्रेस का नेता कार्यकर्ताले भोजन गरेका थिए । प्रजातन्त्र बहाली पश्चात् नेपाली काङ्ग्रेस पार्टी र सामाजिक क्षेत्रमा सहयोग गर्ने सदस्यहरुलाई वडा काँग्रेसले सम्मान गरेको छ । काँग्रेस वडा सभापति सुर्य नारायण न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष भीम बहादुर खड्का, नेपाल प्रेस युनियनका अध्यक्ष दिप शंकर चौलागाई, नेताहरु भवेन्द्र कार्की, महेश काफ्ले , कुमार भुजेल , रुपलाल तमाङ, भुवन केसी, नरहरि फुँयाल, गोपाल तिमल्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Shares

Be the first to comment on "जातिय विभेद विरुद्ध बृहत् सहभोज कार्यक्रम"

Leave a comment

Your email address will not be published.


*