जसले जन्मदिनमा सामाजिक कार्य गरिन्

इश्वर बिश्वकर्मा
चरिकोट, फागुन १२
आजभोली जन्मदिन कुनै न कुनै कार्यक्रम गरेर मनाउने गरिन्छ । कसैले साथीभाई तथा आफन्तजनहरु बोलाएर केक काटेर र भोजको आयोजना गर्छन्, भने कसैले विभिन्न सामाजिक कार्य गरेर पनि जन्मदिन मनाउछन् । यस्तै एउटा सामाजिक कार्य गरेर जन्मदिन मनाएकी छन्, कालिन्चोक गाउँपालिका वडा नं. ९ सुन्द्रावतीका शान्ती खड्काले । उनले आफ्नो जन्मदिनको अवसरमा बुधबार जोखिममा परेका महिला तथा बालबालिकाको संरक्षणको काम गर्दै आएको आवाज नेपाल दोलखालाई आर्थिक सहयोग गरेकी छन् । खड्काले ४ हजार रुपैयाँ सहित खाद्यान्नका सामग्री स्नेह केन्द्रलाई वितरण गरेकी हुन् ।

जन्मदिन, विवाह, पितृहरुको पुण्यतिथी लगायत विभिन्न अवसरहरुमा केन्द्रलाई भोजन सेवा, नगद जिन्सी तथा सहयोग गर्ने कार्य बढेको छ । जसले गर्दा स्नेह केन्द्रलाई केही राहत मिल्ने गरेको आवाज नेपालका अध्यक्ष सिर्जना कार्कीले बताइन् । हाल स्नेह केन्द्रमा बालबालिका, किशोरी, सुत्केरी, गर्भवती, जेष्ठ महिला सहित संकटासन्न अवस्थाका २१ जना प्रभावित रहेका छन् ।

Shares

Be the first to comment on "जसले जन्मदिनमा सामाजिक कार्य गरिन्"

Leave a comment

Your email address will not be published.


*