इश्वर बिश्वकर्मा
चरिकोट, जेठ ३०
२४ बैशाखमा शन्त बहादुर थामी घरबाट निस्किए । तर फर्केर आएनन् । उनि फर्केर नआएपछि उनका परिवारले प्रहरीलाई २८ गते खोजिउद्धारका लागि गुहार मागे । उनका परिवार शन्त बहादुरलाइ फेला पार्ने आशामा थिए । प्रहरीले आफ्नो संयन्त्रमार्फत् खोजी कार्य जारी राखेको थियो । तर बिडम्बना प्रहरी तथा आफन्तले उनको कंकाल मात्र फेला पारेका छन् । भीमेश्वर नगरपालिका वडा नं. २ का ६१ वर्षिया थामीको वडा नं. १ स्थित किबु खोलाको किनारमा कंकाल फेला परेको हो । शनिबार निङरो टिप्न गएका स्थानीयले कंकाल देखेपिछ प्रहरीलाई जानकारी दिएका थिए । प्रहरी र परिवारले कंकाल नजिकै फेला परेको कपडा र नाम्लोको आधारमा अाइतबार शन्त बहादुरकै कंकाल भनि पहिचान गरेका हुन् । केही वर्ष अघि टाउकोमा चोट लागी एकोहोरो भएका थामी बेलाबेलामा घरबाट निस्कने र फर्किएर आउने गर्दथे । उनको हत्या भएको वा अन्य कारणले मृत्यु भएको भन्ने सन्दर्भमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अन्जन कोइरालाले बताए ।
Be the first to comment on "जसलाई आफन्त र प्रहरीले खोजिरहेका थिए, उनको कंकालमात्र भेटियो"