जलविद्युत आयोजनालाई माग पुरा गर्न स्थानीयको आग्रह

दीक्षण समाचार /चरिकोट, –दोलखाको गौरीशंकर गाउँपालिकामा निर्माणाधिन जलविद्युत आयोजनालाई आन्दोलनरत स्थानीय सरोकार समितिको माग पूरा गर्न अनुरोध गरिएको छ । नेकपा एमाले गौरीशंकर गाउँपालिका कमिटिले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै आयोजना कम्पनी र समितिबीच यस अघि भएको वार्ता र सम्झौताको वेवास्ता गरी आयोजना निर्माण कार्य भइरहेकोले त्यसको भत्र्सना गर्दै माग पूरा गर्न अनुरोध गरेको हो । गाउँपालिका अन्तर्गत सुरी, खारे, चंखु, मार्बुको सिमाना भई बग्ने खोलाहरूमा कयौं हाइड्रोपावर कम्पनीहरूले जलविद्युत आयोजना निर्माणको कार्य गरिरहेको छ । ती हाइड्रोपावर कम्पनीहरुले न्यूनतम सामाजिक विकासमा गर्नुपर्ने लगानी समेत नगरी आफ्नो मनखुसी तवरबाट कार्य गरिरहेको छ । यसरी निर्माण कार्य सम्पन्न भई सक्ने समय सम्म पनि जनताको निजी स्वामित्वमा रहेको जग्गा जमिनको मुआब्जा समेत नदिई कार्य गरिरहेको छ । सो सम्बन्धमा पटक–पटक वार्ता, सम्झौता भएता पनि उक्त सम्झौताहरुलाई वेवास्ता गरी निर्माण कार्य गरिरहेको हुँदा यसको भत्र्सना गरिएको विज्ञप्तीमा उल्लेख छ । जनता र स्थानीय सरोकार समितिले हाइडोपावर कम्पनीहरूको निर्माण कार्यमा गरेको अवरोध प्रति ऐकेबद्धता जनाउँदै जनतालाई सम्बोधन गरेर मात्र निर्माण कार्यलाई अगाडि बढाउनको लागि सम्बन्धित पक्षहरूलाई आग्रह गरिएको छ । यदि जनताको मागहरुलाई वेवास्ता गरी निर्माण कार्य अगाडि बढाएको खण्डमा भविष्यमा हने घटनाहरूको जिम्मेवारी स्वयमं हाइडोपावरल लिनुपर्ने अध्यक्ष जगं बहादुर गुरुङद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । विशेष गरी दोलखा जिल्लाको उत्तरी भेग पछिल्लो अवधिमा हाइड्रो हबको रूपमा चिनिदै आइरहेको छ । यसरी प्रकृतिक श्रोत र साधनको प्रयोग परिचालनबाट नै सामाजिक तथा आर्थिक समृद्धिको यात्रा अगाडि बढ्ने कुरामा कुनै दुविधा छैन । तर यस्ता प्रकृतिक श्रोत र साधनको प्रयोग प्रत्यक्ष लाभांवित जनताहरूको सहभागितामा भएमा मात्र आफनत्व भावनाको विकास भई विकासमा दिगोपना आउने विज्ञप्तीमार्फत ध्यानाकर्षण गराइएको छ ।\

 

Shares

Be the first to comment on "जलविद्युत आयोजनालाई माग पुरा गर्न स्थानीयको आग्रह"

Leave a comment

Your email address will not be published.


*