जर्मनी विश्वकपबाट बाहिरियो

जेन्सी । जर्मनी विश्वकप फुटबलबाट बाहिरिएको छ । समूह एफ को अन्तिम खेलमा दक्षिण कोरियासँग २–० गोलले पराजित हुदै जर्मनी विश्वकप फुटबलबाट बाहिरिएको हो ।

समूह चरणबाटै बाहिरिएको जर्मनीले दक्षिण कोरियाविरुद्ध खराब प्रदर्शन गर्यो । सुरुदेखि नै बल नियन्त्रण राखेपनि जर्मनीले गोल गर्न सकेन । विश्वविजेता विश्वकप फुटबलदेखि बाहिरिएसँगै स्वीडेन र मेक्सिको भने नकआउट चरणमा प्रवेश गरेका छन् ।

खेलको अन्तिम समयमा दक्षिण कोरियाले २ गोल गर्न सफल भयो । दक्षिण कोरियाले ३ मिनेटको फरकमा २ गोल गर्न सफल भयो । दुबै गोल दक्षिण कोरियाले थप गरिएको अतिरिक्त समयमा गोल गर्न सफल भएको थियो ।

यसअघि पहिलो हाफमा भने दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । जर्मनीलाई पराजित गरेको दक्षिण कोरिया पनि विश्वकपबाट बाहिरिएको छ ।

Shares

Be the first to comment on "जर्मनी विश्वकपबाट बाहिरियो"

Leave a comment

Your email address will not be published.


*