दीक्षण समाचार/ चरिकोट, –दोलखामा चार महिनाको अवधिमा दुई सय ८१ जना महिलाको नाममा जग्गा पास भएको छ । चालु आवको साउनदेखि कार्तिकसम्म सात सय ९१ जग्गाको कारोबार भएकोमा दुई सय ८१ जना महिलाको नाममा लालपूर्जा बनेको हो । रजिष्ट्रेशन दस्तुरमा छुट पाउने भएपछि महिलाको नाममा स्वामित्व हुने गरी जग्गा पास गराउने क्रम बढेको जिल्ला मालपोत कार्यालयले जनाएको छ । पुरुषको नाममा जग्गा पास गर्दा तोकिएको राजस्व तिर्नुपर्छ । तर महिलाको नाममा जग्गा पास गर्दा नगर क्षेत्रमा २५ प्रतिशत र ग्रामीण क्षेत्रमा भए ३५ प्रतिशत छुटको व्यवस्था रहेको छ । यही छुटका कारण पनि जग्गाजमीनमा महिलाको स्वामित्व बढेको मालपोत कार्यालय दोलखाका प्रमुख मुरारी दुलाले बताउनुभयो । जिल्ला मालपोत कार्यालय दोलखामा गत आर्थिक बर्ष २०७७ ÷०७८ मा दुई हजार पाँच सय ८ जनाको नाममा लालपूर्जा बनेको थियो । त्यसमध्ये नौ सय २७ जना महिलाको नाममा जग्गा पास भई लालपूर्जा बनेको मालपोत कार्यालय दोलखाका प्रमुख मुरारी दुलालले जनाकारी दिनुभयो ।
जमिनमा महिलाको स्वामित्व दोलखामा बढ्दै
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक २१ मंसिर २०७८, मंगलवार १२:३८
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "जमिनमा महिलाको स्वामित्व दोलखामा बढ्दै"