जन्म दिनको अबसरमाः मनकारी चौहानको बिभिन्न क्षेत्रमा सहयोग

चरिकोट (दीस) – मनकारी ब्यवसायी कमल चौहानले आफ्नो जन्म दिनको अबसरमा दोलखाको गौरीशंकर बालगृहका अनाथलाई सहयोग गरेका छन् । मन्थली नगरपालिका वडा नम्बर १३, फूलासी , रामेछापका चौहानले आफ्नो ३८ औं जन्म दिनको अवसरमा बालगृहमा आश्रीत अनाथहरुलाई सहयोग गरेका हुन् । चौहानले आफ्नो जन्म दिनको अवसर पारेर बुधवार विहान गौरीशंकर बालगृह पुगी त्यहाँका बालबालिकालाई खेल सामग्री तथा खाद्यान्न हस्तान्तरण गरे ।

त्यसैगरी तामाकोशी गाउँपालिका वडा नम्बर १ का क्यान्सरपीडित राम्जी काफ्लेको उपचारमा सहयोग स्वरुप उनका छोरा सुजन काफ्लेलाई रु २० हजारको चेक हस्तान्तरण गरे ।

साथै ट्राफिक कार्यालय सातदोबाटोलाई एन ९५ माक्स पनि बुधवार विहाननै उनले हस्तान्तरण गरे । जन्मोत्सव मनाउन अनावश्यक ठाउँमा फजुल खर्च गर्नुभन्दा साँच्चै सहयोगको आवश्यकता रहेकाहरुलाई सहयोग गर्दा आफूलाई आत्मसन्तुष्टी मिल्ने भएकोले आफूले विगत वर्षहरु देखिनै समस्यामा परेकाहरुलाई जन्मदिनको अवसर पारेर सानो भए पनि सहयोग गर्ने गरेको चौहानले बताए । बिगतमा उनले बिभिन्न अबसरमा दोलखामा सहयोग गर्दै आएका छन ् ।

Shares

Be the first to comment on "जन्म दिनको अबसरमाः मनकारी चौहानको बिभिन्न क्षेत्रमा सहयोग"

Leave a comment

Your email address will not be published.


*