दीक्षण समाचार
चरिकोट, साउन ३०
दोलखाको सदरमुकाम चरिकोटका व्यवसायी लालबहादुर तामाङले आफ्नो जन्मदिनको अवसरमा स्नेह केन्द्रलाई सहयोग गर्नुभएको छ । तामाङ आफ्नी श्रीमतीसहित सोमबार स्नेह केन्द्रमै उपस्थित भएर खाद्यान्न र बालबालिका लागि १५ वटा ज्याकेट विरण गर्नुभएको हो । उहाँले स्नेह केन्द्रमा आश्रय लिइरहेका महिला तथा बालबालिकालाई खुशी पार्ने उद्धेश्यले आवश्यक सहयोग गरेको बताउनुभयो ।
आवाज नेपालद्धारा सञ्चालित स्नेह केन्द्रमा विभिन्न व्यक्तिहरुले विभिन्न अवसरमा आर्थिक र खाद्यान्न सहयोग गर्ने गरेका छन् । जसले केन्द्र सञ्चालनमा सहयोग पुग्ने गरेको आवाज नेपालका अध्यक्ष सिर्जना कार्कीले बताउनुभयो । विगत लामो समयदेखि स्नेह केन्द्रले विभिन्न कारण संकटासन्न अवस्थामा पुगेका महिला तथा बालबालिकाको संरक्षण गर्दै आएको छ ।
Be the first to comment on "जन्मदिनमा स्नेह केन्द्रलाई सहयोग"