जनस्तरमा नेपाल र तिब्बत बीच ऐतिहासिक संझौता सम्पन्न

भाद्र २५ काठमाडौं–, पिपुल्स एशोसियशन फर फ्रेण्डसिप वैथ फरेन कन्ट्री तिब्बत र नेपाल, चीन हिमालयन मैत्री समाज बीच तिब्बत र नेपालका हिमालय क्षत्रसँग जोडिएका क्षेत्रको विकासको लागि ऐतिहासिक संझौता सम्पन्न भएको छ । उक्त सम्भौता प्रतिनिधिसभाका माननीय सभामुख कृष्णबहादुर महरा र पिपुल्स कंग्रेश अझ स्वयन्त तिब्बत प्रदेशका स्थायी कमिटिका उपध्यक्ष जु जियान हुवाको उपस्थितिमा पिपुल्स एशोसियशन फर फ्रेण्डसिप विथ फरेन कन्ट्री तिब्बतको डाइरेक्टर मिस वाईमान याङजोङ्ग र नेपाल, चीन हिमालयन मैत्री समाजका अध्यक्ष पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल बीच तिब्बतको लिन्जीमा ७ बाँदे संझौता भएको छ ।
उक्त संझौताले नेपालका हिमाली जिल्लाको विकास, जनस्तरको सम्बन्ध र सहकार्यका साथ स्थानिय समझदारी र अगाडी बड्ने बिषयलाई प्रथामिकतामा राखेको छ । यसले तिब्बत र नेपालको हिमाली जिल्लाका बासिन्दाहरुको बीचको सम्बन्धमा प्रगाढता ल्याउनुको साथै हिमाली क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल, चीन हिमालयन मैत्री समाजका अध्यक्ष पूर्व मन्त्री आनन्दप्रसाद पोखरेलले बताए । यसलाई जनता जनता बीचको सम्बन्धलाई नियमित रुपमा अगाडि बढाउने र अगामी वर्ष पिपुल्स एशोसियशन फर फ्रेण्डसिप विथ फरेन कन्ट्री तिब्बतका प्रतिनिधिहरुको नेपाल भ्रमण गरी थप कार्ययोजनाका साथ अगाडि बढ्ने सम्झौतामा उल्लेख गरिएका छ ।

Shares

Be the first to comment on "जनस्तरमा नेपाल र तिब्बत बीच ऐतिहासिक संझौता सम्पन्न"

Leave a comment

Your email address will not be published.


*