जनसचेतन साकोस सम्मानित

चरिकोट(दीस)ः जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्मानित भएको छ । दोलखाबाट सबै भन्दा बढी राजस्व दाखिल गरेबापत सहकारी सम्मानित भएको हो ।
मंसिर एक गतेबाट सुरु भएको कर सप्ताहको अन्तिम दिन विहिवार मैनापोखरी बजारमा आयोजित कर सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सम्मानित गरिएको हो । कार्यक्रममा जनसचेतन सहकारीका कोषाध्यक्ष भरत केसीलाई करदाता सेवा कार्यलय चरिकोटकी प्रमुख कर अधिकृत सम्झना गौतमले सम्मान पत्र हस्तान्तरण गर्नु भएको थियो । गत आर्थिक वर्षमा जनसचेतन सहकारी संस्थाले ८१ लाख रुपैया राजश्व बुझाएको थियो ।

Shares

Be the first to comment on "जनसचेतन साकोस सम्मानित"

Leave a comment

Your email address will not be published.


*