जनमुखी सहकारीले ल्यायाे छुट प्याकेज

मैनापोखरी /अनिल दहाल – विश्वमा कोरोना भाईरस (कोभिड–१९) को महामारीले दैनिक जीवनयापन असहज भई आर्थिक संकट बढीरहेको बेलामा दोलखाका सहकारी संस्थाहरूले धमाधम सदस्यमुखी कार्यक्रमहरु ल्याइरहेका छन् । दोलखा जिल्ला वैतेश्वर गाउँपालिका वडा नं. ५ स्थित मैनापोखरीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्यहरूलाई राहत हुनेगरी छुट्टै छुटको प्याकेज ल्याएको छ ।

सहकारीले २०७७ साल जेठ ३ गते सूचना प्रकाशन गरी, लकडाउन सुरु भएको अघिल्लो दिन अर्थात मिति २०७६ चैत १० गते सम्म ऋणको नियमित व्याज तथा किस्ता बुझाइरहेका सदस्यहरुलाई लकडाउनको कारण तत्पश्चात तिर्नुपर्ने किस्ता तथा ब्याज बुझाउन छुटे पनि नियमित कारोबारी सदस्य मान्ने जनाएको छ । व्याज बुझाउँदा बुझाउनुपर्ने सम्पुर्ण ब्याजको १३ प्रतिशत छुट दिने संस्थाका व्यवस्थापक भेष बहादुर मिजारले बताए ।
लकडाउन सुरु हुनुभन्दा अगावै अर्थात २०७६ चैत्र १० गते भन्दा पहिले नै किस्ता तथा ब्याज बुझाउन छुटी हर्जना लागी रहेका सदस्यहले व्याज तथा हर्जना बुझाउँदा लागेको हर्जनाको ७५ प्रतिशत छुट दिने उनले बताए । संस्थाले आगामी दिनमा सदस्यहरूको कोरोना बिमा गने लगायतका थप सुविधा ल्याउने योजना रहेको संस्थाका व्यवस्थापक मिजारले जानकारी दिए ।
संस्थाले हाल विहान ६ बजे देखी १० बजेसम्म कार्यालय खुल्ला राखी सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Shares

Be the first to comment on "जनमुखी सहकारीले ल्यायाे छुट प्याकेज"

Leave a comment

Your email address will not be published.


*