चरिकोट /अनिल दहाल –दोलखाको वैतेश्वर–५, मैनापोखरी स्थित जनमुखी बचत तथा ऋण सहकारी संस्था लि. ले आज २४ औँ स्थापना दिवस मनाएको छ । बिगतका बर्षहरुमा विभिन्न अतिथिहरुलाई आमन्त्रण गरी भव्य कार्यक्रमका साथ स्थापना दिवस मनाएको यस संस्थाले यो बर्ष भने विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरसको महामारी र त्यसबाट उत्पन्न जोखिमलाई ध्यानमा राखी संस्थाका सञ्चालक तथा कर्मचारीहरुको मात्र उपस्थितीमा संस्थाकै कार्यालयमा स्थापना दिवस मनाएको हो ।
वि.सं. २०५४ साल भाद्र २० गते ३६ जनाबाट प्रतिव्यक्ति रु. १०० का दरले रु. ३६०० शेयर जम्मा गरी २०५४ साल आश्विन ५ गते सहकारी कार्यालय धुलिखेलमा विधिवत रुपमा दर्ता भएको दोलखा जिल्ला वैतेश्वर गाउँपालिका वडा नं. ५ मैनापोखरीमा अवस्थित जनमुखी बचत तथा ऋण सहकारी संस्था पुँजी तथा सदस्यको हिसाबले दोलखा जिल्लाकै तेस्रो ठुलो सहकारी संस्था हो । आ.व. २०७६÷७७ सम्ममा ९०,२१,३१०२२।९७ पँजी संकलन गर्न सफल यो संस्थामा १७२२७ जना सदस्यहरु आवद्ध छन् । वैतेश्वर गाउँपालिका, गौरीशंकर गाउँपालिका वडा नं. १ र २, भिमेश्वर नगरपालिका, जिरी नगरपालिकाको वडा नं. ८ र ९ कार्यक्षेत्र रहेको यस संस्थाको मुख्य कार्यालय वैतेश्वर–५ स्थित मैनापोखरी बजारमा रहेको छ भने यस संस्थाले चरिकोट र नाम्दुमा स्थायी सेवाकेन्द्र, गैरीमुदी र ठुलोपातलमा आवधिक संकलन केन्द्र तथा काठ्माण्डौमा स्थायी सम्पर्क कार्यालय स्थापना गरी सदस्यहरुलाई सहज रुपमा सेवा प्रदान गरिरहेको छ । २०६२ सालमा दिदीबहिनी सहकारी एकिकरण गरी तीव्र रुपमा वित्तिय कारोबार र सदस्यता विस्तार गरिरहेकाे यस संस्थामा हाल १८ जना कर्मचारीहरु कार्यरत छन् भने ३६५ दिन नै नियमित रुपमा सेवा सञ्चालन भइरहेको छ ।
संस्थाका कर्मचारीहरुको सदस्यहरुसँग गर्ने शिष्ट र आत्मिय व्यवहार, उत्पादनमा गुणस्तर तथा सेवामा प्रभावकारिताले गर्दा सेवाक्षेत्रका अधिकांश व्यक्तिहरु यस संस्थामा आवद्ध छन् । “जनमुखीको साख, सदस्यहरुको साथ” भन्ने मूल नाराका साथ अगाडी बढिरहेको यो संस्था सदस्यहरुको मनमुटुमा बस्न सफल भएको छ । पल्र्स र हिमालका सुचाङ्कहरुलाई सन्तुलनमा राखी व्यवसायिक र व्यवहारिक दुवै पाटाहरुलाई मध्येनजर गर्दै सेवा दिइरहेको यो संस्था सेवाक्षेत्रको एक अब्बल संस्था हो । यस संस्थाले बचत संकलन, ऋण लगानी, रेमिटान्स सेवा का अलावा पारिवारिक सुरक्षा कार्यक्रम, छात्रबृत्ती कार्यक्रम, सदस्य सम्मान कार्यक्रम, रक्तदान कार्यक्रम, दन्त शिविर, सदस्य उपचार सहायता कार्यक्रम, ज्येष्ठ सदस्य जीवनबृत्ती सहायता कार्यक्रम, तिर्थयात्रा कार्यक्रम, सिलाईकटाई तालिम, शौचालय अनुदान, बन्ध्याकरण पुरस्कार, सुत्केरी स्याहार सहायता कार्यक्रम, दैवि प्रकोप राहत लगायतका कार्यक्रमहरु सञ्चालन गरी सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । नेफ्स्कून, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ, जिल्ला सहकारी संघ, गाउँविकास समिति काब्रे, नेपाल रेडक्रस सोसाइटी, सिसियुएलबी बंगलादेश लगायतबाट करिब २७ वटा सम्मान तथा पुरस्कार प्राप्त गर्न सफल यस संस्थाले प्रतिस्पर्धी वित्तिय बजारमा सदस्यहरुको आवश्यकताहरुलाई सम्बोधन गरी आधुनिक प्रविधिको प्रयोग (जस्तै ः नेकोस प्लस सफ्टवेयर मार्फत कम्प्युटर विल प्रिन्ट, मोवाईल बैंकिङ सेवा, इन्टरनेट बैकिङ सेवा, ट्याव्लेट मार्फत दैनिक बचत संकलन, माइक्रोसफ्ट एक्सेलबाट तमशुक लगाएत ऋण लगानी गर्दा आवश्यक सम्पूर्ण कागजातहरु प्रिन्ट) मार्फत सदस्यहरुलाई छिटो छरितो, चुस्त दुरुस्त र पारदर्शी ढङ्गबाट उत्कृष्ट सेवा उपलब्ध गराइरहेको छ । यो संस्था नेफ्स्कूनले सञ्चालन गरेको पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (Program for Building Absolute & Professionalization) मा सहभागी भई २०७६ सालमा नेपाल स्तरको प्रोवेशन ब्राण्ड प्राप्त गर्न सफल गुणस्तरीय संस्था हो ।
आगामी ३ बर्षमा एसिया स्तरको एक्सेस ब्राण्ड प्राप्त गर्ने लक्ष्य लिएको यो संस्थाले “जनमुखीको अभियान, आत्मा सम्मान र पहिचान सहितको स्वेच्छिक एकीकरण” भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै विभिन्न सहकारीमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी एकमुष्ठ पुँजी निर्माण गरी सदस्यहरुलाई अधिकतम सेवा प्रदान गर्ने र सदस्यरुलाई व्यवसायी र उद्यमशिल बनाउने अभिप्रायले सेवा क्षेत्रमा रहेका विभिन्न उद्देश्यका सहकारीहरुसँग एकिकरणको लागी छलफल गरीरहेको छ ।
यस संस्थाले आगामी दिनमा अधिकतम सदस्यहरुलाई वित्तिय साक्षरता तालिम प्रदान गर्ने, व्यवसायिक पशुपालन तथा उन्नत कृषि कार्यका लागि सहुलियत ब्याजदरमा सामुहिक ऋण प्रदान गर्ने, विभिन्न संघ संस्थाहरुसँग समन्वय गरी बेरोजगारी युवाहरुलाई स्वरोजगारमूलक तालिम प्रदान गर्ने र स्वरोजगारको निम्ति संस्थाले सहुलियत ऋण लगानी गर्ने, सदस्य सेवाविस्तारको लागी आगामी २ वर्ष सम्म ७ वटा सेवाकेन्द्र स्थापना गर्ने, वीमा सम्वन्धि कार्यहरु गर्ने, आत्मनिर्भरता तथा आत्मविश्वास सम्बन्धि धारणाको विकासमा सदस्यहरुलाई उत्प्रेरित गर्ने र उद्यमशिलता सम्बन्धी कार्यहरु गर्ने लक्ष्य लिएको छ ।
फुर्सद भए यो पनि हेर्नू होस ।
https://www.youtube.com/watch?v=fi-Mj4l-_7I&t=492s
Be the first to comment on "जनमुखी बचत तथा ऋण सहकारी संस्थाकाे २४ औँ स्थापना दिवस मनाइयो"