जनमुखीको सहयोगमा पूख्यौली पेशाबाट आधुनिकतिर

दिल सागर
मैनापोखरी, १७ असोज
जनमुखी वचत तथा ऋण सहकारी संस्थाको सहयोगबाट पूख्यौली पेशाबाट आधुनिकतातिर आउनेहरु बढ्न थालेका छन् । सिलाइ कटाइको परम्परागत पूख्र्यौली पेशाबाट समयानुकल व्यवसायमा रुपमान्तर गर्ने मध्ये एक हुन बैतेश्वर गाउँपालिका वडा नं. ५ का अर्जुन नेपाली एक हुन् ।
अर्जुनले आफ्नो पूर्खादेखि गर्दै आइरहेको पेशालाई विस्तार गरेर अहिले एनबी टेलरिङ सेन्टरको रुपमा परिचित । हुन त अर्जुनले यो व्यवसाय गरेको लामो समय भएको छैन । पूख्र्यौली पेशालाई समयानुकुल रुपमा बजारमा ल्याएको ७ वर्ष भयो । “धेरैले आफ्नो पूख्यौंले पेशा छाडेर अन्यत्र रोजगारीका लागि भौतारिन्छन्” उनले भने “मैले यसैलाई समयानुकुल चलाउनु पर्न भेनरै पूख्यौंली पेशालाई नै विस्तार गरें, अहिलेसम्म राम्रै छ ।”
घरमै पूर्खादेखि बालिघरे प्रथाको रुपमा लुखा सिलाउँदै आएका अर्जुनलाई समयानुकलको व्यवसाय बजारमा आएर सञ्चालन गर्न स्थानीय जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सहयोग गरेको हो । जनमुखीले दिएको ७ लाखबाट आफूले ७ वर्ष अघि टेलरिङ सुरु गरेको उनले बताए । “आफूसँग रहर भएर पनि पैसा नहुँदा व्यवसाय सञ्चालन गर्न नसक्नेहरुका लागि सहकारी देवता सरह हुँदो रहेछ ।” उनले भने ।
अर्जुनको एनब िटेलरिङ मैनापोखरी बजारमा रहेको टेलरिङहरु मध्ये सबैभन्दा चलेको टेलरिङ हो । आफूले मात्र स्वरोजगारका लागि २ वटा मेसिन राखेर सुरु गरेको व्यवसायमा अहिले ८ जनालाई रोजगारी दिन सफल भएकोमा गर्ब गर्छन् । अहिले टेलरकै सम्पत्ति मात्र २० लाख नाघि सकेको छ ।
नियमित बचत र आवश्यक परेका बेला ऋणका लागि सहकारी नै पुग्ने गरेको उनले बताए । मैनापोखरीमा बजार विस्तारसँग अहिले २ वटा बाणिज्य बैंकका शाखा भए तापनि आफैं शेयर सदस्य र लामो समयदेखि बचत गर्दै आएकाले सहकारीले नै आफूहरुको सबै आवश्यकता पूरा गरिएको मैनापोखरीका अर्का व्यवसायी भीमबहादुर दाहालले बताए ।
४ वर्ष अघि जनमुखीबाटै ५ लाख ऋण लिएर सुरु गरेका दाहालको अहिलेसम्म कुनै पनि किस्ताको भाखा एक दिन पनि नाघेको छैन । नियमित कारोबार गर्ने भएकाले अर्जुन र भीम जस्ता २ दर्जन बढी जनमुखीले असल ऋणीको रुपमा राखेको छ । नियमित कारोबार गर्दा अत्यन्तै समस्या परेका बेला सहकारीले जुनसुकै बेला पनि आफ्नो समस्या टार्न सहयोग गरेको दाहालले बताए ।
आत्माराम फेन्सी पसलका सञ्चालक दाहाल आजभाली सहकारीबाटै ८० लाखसम्मको कारोबार गर्न सफल भएकोमा सहकारीकै योगदान भएको उनी निर्धक्क बताउँछन् । मैनापोखरी क्षेत्रमा जनमुखी सहित एसियाली मापदण्डको सिल्भर ब्राण्ड प्राप्त जनसचेतन साकोस पनि छ । अन्य साना ठूला आधा दर्जन सहकारी मैनापोखरी बजार क्षेत्रलाई नै आधार बनाएर सञ्चालित छन् ।


जनमुखीकै आर्थिक सहयोगमा सरकारी जागिर छाडेर बैतेश्वर ६ डाँडागाउँका टिकाप्रसाद घिमिरे ट्याम्पो मालिक भएका छन् । यस क्षेत्रमै नयाँ सानो यात्रुवाहक गाडीको रुपमा उनले ट्याम्पो ल्याएर आफैं सेवा दिन थालेका छन् । उनको ट्याम्पोे तामाकोसी बजारदेखि मैनापोखरीसम्मका लोकल यात्रहरुका लागि नजिकको साथी जस्तै भएको छ ।
बजारमा ठूला ठूला घर बनेका छन् । घर घरेडीको कारोबार पनि एक दशकदेखि उल्लेख्य छ । व्यापार व्यवसाय राम्रै छ । धेरै जना गाडी मालिक भएका छन् । यसको सबैको श्रेय सहकारीकै कारण भएको जनमुखी साकोसका अध्यक्ष सिताराम दाहाल बताउँछन् ।
जनमुखीले केही दिन अघि २० औं वर्ष पूरा गरेको छ । अहिलेसम्म १५ हजार ७ सय ३० जना सेयर सदस्यहरुबाट ६५ करोड ५० लाख पुँजी संकलन भएको उनले जानकारी दिए । सहकारीले नियमित व्यवसायका अतिरिक्त ७५ वर्ष पूरा गरेकालाई मासिक ५ सय जीवनवृत्ति खर्च, नियमित तीर्थ यात्रा, शौचालय निर्माण तथा विभिन्न ठाउँमा प्रतिक्षालय निर्माण समेत गर्दै आइरहेको उनले जानकारी दिए ।

Shares

Be the first to comment on "जनमुखीको सहयोगमा पूख्यौली पेशाबाट आधुनिकतिर"

Leave a comment

Your email address will not be published.


*