“जनतासँग नेपाली कांगे्रस जागरण”अभियान जिरी नगरपालिकामा सुरु

जिरी (दीस) – नेपाली कांगे्रस दोलखाको “दोलखाली जनतासँग कांगे्रसको जागरण अभियान” जिरी नगरपालिकामा सुरु भएको छ। नगरपालिकाको वडा नं. १ श्यामाबाट उक्त अभियान सुरु गरिएको हो । नेपाली कांगे्रस दोलखाले जिल्लाका ९ वटै स्थानीय तहमा संयोजक तोकेर यो अभियान सुरु गरेको बताएको छ । अभियानको नेपाली कांगे्रस दोलखाका नेता ताराकुमार खड्काले आइतबार श्यामाबाट कार्यक्रम सुरुवात गर्नु भएको छ ।कार्यक्रममा बोल्दै खड्काले नेपाली कांगे्रस दोलखा प्रचारमुखी पार्टी नभएको बताउदै खड्काले कांगे्रसबाट निर्वाचित जनप्रतिनिधीले जनमुखी काम गरेको बताउनुभयो । “६ बर्ष देखि अलपत्र परेको मुडे चरिकोट सडक बनाउन पहल गर्न नसक्ने कम्युनिष्ट सरकार दोलखाको विकास गर्छु भनेर दोलखाली जनताका आँखामा छारो हालेको छ ”खड्काले भन्नुभयो । कोरोनाको महामारीमा जिरी र चरिकोटका अस्पतालमा स्वास्थ्यमा लापरबाही भएको उहाँले आरोप लगाउनु भयो । त्यसैगरी कार्यक्रममा बोल्दै नगर सभापति सोनाम शेर्पाले दोलखामा ०४७ सालदेखी कम्युनिष्ट विजयी हुँदा कुनै विकासको परिवर्तन नभएको बताउदैे बिकास र परिवर्तनका कांगे्रसलाई विजयी गराउन आग्रह गर्नु भयो । जिरीमा भएको अस्पताल बन्द हुने अवस्थामा पुगेकोले त्यसको जिम्मा स्थानीय सरकारले लिनु पर्ने उहाँको भनाई रहेको छ । स्थानीय सरकार भित्र रहेका अनियमितता बिरुद्ध कांगे्रस नगर कार्य समितिले भण्डाफोर गर्ने शेर्पाले बताउनु भयो । श्यामाका वडा सभापति खुस बहादुर कार्की सभापतित्वमा भएको कार्यक्रममा पुर्व क्षेत्रीय सभापति राजु उप्रेती, जिल्ला कार्यसमिति सदस्य कल्पना गुभाजु, नर बहादुर जिरेल,लिला जिरेल, जगत बहादुर गुभाजु, वाङ्छे शेर्पा, जनप्रतिनिधि लगायत नेता तथा कार्यकर्ताको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

Shares

Be the first to comment on "“जनतासँग नेपाली कांगे्रस जागरण”अभियान जिरी नगरपालिकामा सुरु"

Leave a comment

Your email address will not be published.


*