जंगलमा आगो लगाउने अभियुक्त पुर्पक्षकालागि थुनामा

चरिकोट(दीस)ः जिल्ला अदालत दोलखाले जंगलमा आगो लगाउने मुद्दाका अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । जंगलमा आगो लगाएको मुद्दाका अभियुक्त श्यामबहादुर तामाङलाई जिल्ला अदालत दोलखाले मंगलवार पुर्पक्षका लागि थुनामा पठाएको हो ।
भीमेश्वर नगरपालिका वडा नम्बर ७ मा रहेको थाङसा देउराली सामूदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामबहादुर भूजेल समेतको नामबाट सो बनमा आगो लगाउने आरोपी सोही वडाका श्यामबहादुर तामाङ विरुद्ध जिल्ला अदालत दोलखामा मुद्दा दायर गरिएकोेमा जिल्ला अदालत दोलखाले मंगलवार अभियुक्तलाई पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिएको छ । चैत्र २८ गते अभियुक्त श्यामबहादुर तामाङले भीमेश्वर नगरपालिका वडा नम्बर सातको थाङ्सा देउराली सामूदायिक वनमा आगोलगाएको भन्दै सो सामूदायिक वन उपभोक्ता समितिले चैत्र ३० गते डिभिजन वन कार्यालय दोलखामा जाहेरी दिएको थियो । सोही जाहेरीको आधारमा अभियुक्त तामाङलाई ३० गते नै नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाईएको डिभिजन वन कार्यालय दोलखाका अनुसन्धान अधिकारी दिपकप्रसाद रिमालले जानकारी दिनुभयो । आवश्यक अनुसन्धान पश्चात सरकारी वकिलको राय सहित तामाङ विरुद्ध बैशाख २३ गते जिल्ला अदालत दोलखामा मुद्दा दर्ता गरिएको अनुसन्धान अधिकारी रिमालको भनाई रहेको छ ।
निजले लगाएको आगोबाट थाङसा देउराली सामूदायिक वन को १९ दशमलब ६३ हेक्टर वन क्षेत्र आगलागीको चपेटामा परेको डिभिजन वन कार्यालय दोलखाले जनाएको छ । तामाङ विरुद्ध दायर मुद्दामा ५ लाख ३३ हजार नौ सय त्रिसट्ठी रुपैयाँ विगो तथा हदैसम्मको जरीवाना र कैद समेत माग गरिएको छ । विद्यमान कानुनमा वनमा आगो लगाउनेलाई साठीहजार रुपैयाँ जरीवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी ब्यवस्था रहेको छ । वनमा आगो लगाउने विरुद्धको यो मुद्दाले वनमा आगो लगाउनु ठूलो अपराध भएको सन्देश सबैतिर पुग्ने डिभीजन वन कार्यालय दोलखाका प्रमुख कृष्ण न्यौपानेको भनाई रहेको छ ।

Shares

Be the first to comment on "जंगलमा आगो लगाउने अभियुक्त पुर्पक्षकालागि थुनामा"

Leave a comment

Your email address will not be published.


*