छैटौं वार्षिक साधारण सभा सम्पन्न

चरिकोट (दीस) ः नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागमती प्रदेशको छैटौँ वार्षिक साधारण सभा सदरमुकाम चरिकोटमा शनिबार सम्पन्न भएको छ  । साधारण सभाको उद्घाटन बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त मर्हजनले गर्नुभयो । उहाँले बागमती प्रदेश सरकारले व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै पुस्तक व्यवसायीहरूको समस्या समाधानमा आफ्नो क्षेत्रबाट पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर, बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा, र अन्य अतिथिहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारण सभामा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ दोलखा शाखालाई सम्मान गरिएको छ । जसलाई शाखाका अध्यक्ष प्रल्हाद गुरागाईंले ग्रहण गर्नुभयो । उक्त कार्यक्रममा बागमती प्रदेशका ११० जना व्यवसायीहरू सहभागी भएका थिए ।

Shares

Be the first to comment on "छैटौं वार्षिक साधारण सभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*